काठमाडौँ / नेपालीहरूको प्रमुख चाड तिहारपछि आज (मङ्गलबार) खुलेको बजारमा सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कार्तिक १५ गते तोलामा ७१ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ घटेर आज १ लाख ६८ हजार २ सय रुपैयाँमा झरेको हो ।
यता, चाँदीको भाउसमेत तोलामा ६० रुपैयाँ घटेको छ । कार्तिक १५ गते प्रतितोला २ हजार ९० रुपैयाँ रहेको चाँदी घटेर २ हजार ३० रुपैयाँमा झरेको हो ।