काठमाडौँ / आजदेखि सबै सरकारी कार्यालय, बैंक तथा सेयर बजार खुलेका छन् । तिहार पर्वको बिदापछि आज कार्यालय तथा बजार खुलेको हो । अघिल्लाको वर्षहरूमा भाइटीकाको दिनदेखि सरकारी कार्यलयहरू खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदा दिएको थियो ।
साथै आजदेखि कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडो याम सुरु हुने भएकोले कार्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिएको हो ।
कार्तिक १५ गते तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।