images
images

कामना सेवा बैङ्कद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा बैङ्कद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुधवार, चैत ७ २०८०
बुधवार, चैत ७ २०८०
  • कामना सेवा बैङ्कद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ / विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक)को अवसरमा कामना सेवा विकास बैङ्कले बुधबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व बारेमा जागरण ल्याउने अर्गनाइजेसन अफ इकोनोमिक कर्पोरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैङ्कले विभिन्न साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ । 

    images
    images

    ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैङ्कले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    बैङ्कका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्ती शाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरू, वडाध्यक्षहरू, विभिन्न पदाधिकारीहरू तथा सरकारी कर्मचारीहरूको उपस्थिती रहेको उक्त कार्यक्रममा बैङ्कको लहान शाखा प्रमुख प्रकाश घिमिरेले प्रस्तुतिकरण गरेका थिए । 

    जनप्रतिनिधि तथा कर्मचारीहरूलाई बैङ्कङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उतm कार्यक्रम गरिएको थियो । 

    उक्त कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जना भन्दा बढी महानुभावहरूको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर शाहले बैङ्कहरूले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैङ्किङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

    हाल बैङ्कले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार