images
images

पक्राउ परेका महरा रोल्पा हिडेका थिए, भैरहवामा समातिए

पक्राउ परेका महरा रोल्पा हिडेका थिए, भैरहवामा समातिए

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • पक्राउ परेका महरा रोल्पा हिडेका थिए, भैरहवामा समातिए

    पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई आजै काठमाडौँ ल्याइदै छ । सुन तस्करी प्रकरणको जालो माओबादी पार्टी भित्र फैलदै जाँदा पार्टीका हाइप्रोफाईल ब्यक्ति पहिलो पटक समातिएका छन् ।  लामो समय देखि सुन प्रकरणमा महराको नाम जोडिदा उनी जोगिदै आएका थिए । 

    images
    images

    केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालका अनुसार  आज सोमबार बिहान उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको बताए । 

    सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा थिए । रोल्पा हिँडेका भनिएका महरा भैरहवाबाट पक्राउ परेका हुन् । 


    आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिइसकेका छन् । 

    गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार