images
images

स्वावलम्बन लघुवित्त शाखा कार्यालय साँखुको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्त शाखा कार्यालय साँखुको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइतवार, चैत ४ २०८०
आइतवार, चैत ४ २०८०
  • स्वावलम्बन लघुवित्त शाखा कार्यालय साँखुको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौँ / स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय साँँखुुले आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएके छ । 

    images
    images

    दुई दिनसम्म संचालन भएको सो कार्यक्रम विशेषतः ग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा उनीहरुसंग समसामयिक विषयक अन्तरक्रियामा केन्द्रीत थियो । 

    कार्यक्रमका वक्ताहरुले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहक वर्गमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा शहरी क्षेत्रका वासिन्दा लाभान्वित भएको बताएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उपमेयर श्री समिता श्रेष्ठले ग्राहकलाई सानो सानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको विषय प्रशंसायोग्य रहेको बताए । 

    विशिष्ट अतिथि वित्तीय संस्थाका संचालक श्री उमा जोशी बोहराले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । 

    प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङले उद्देश्य अनुसारको कर्जा लिई सहि ठाँउमा लगानी गरी प्रतिफल प्राप्त हुने गरी कार्य गर्न र संस्थाको नाम अनुसार स्वावलम्बी हुन आग्रह गरे । 

    कार्यक्रममा गोकर्णेश्वर न.पा वडा नं. ६ की वडा सदस्य मञ्जु पुडासैनीले आफ्नो मन्तब्यका क्रममा लघुवित्तले समाजमा सामुहिक दायित्वका आधारमा विना धितो कर्जा प्रवाह गरेका कारण महिलाहरुको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठुलो मद्दत गरेको र यसबाट उनीहरुको आर्थिक उन्नतिमा ठुलो प्रगती भएको बताएका छन् । 

    समाजमा हाल विकृती पछि नलागी आर्थिक अनुशासन कायम राख्न सम्पुर्ण सदस्यलाई आग्रह गरेका छन् । त्यसैगरि, कागेश्वरी मनोहरा वडा नं. ७ की वडा सदस्य श्री सुनिता बोगटीले आफ्नो ब्यवसाय संचालनको सहयात्री स्वावलम्बन रहेको बतए । 

    कार्यक्रममा १५७ बटा केन्द्र मध्ये सर्वोत्कृष्ट तीन वटा केन्द्रहरु गोकर्णेश्वर ८ का क्रमशः प्रथम हुने आरुबारी स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ७७, दोश्रो गणेश स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. २० र तेश्रो शंखर स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ६५ लाई प्रमुख अतिथिहरुको को हातबाट प्रमाण पत्र सहित नगद पुरुस्कार दिई सम्मान गरिएको छ ।

    केन्द्र नं. १२० की सदस्य सावित्री पराजुलीको छोरा सविन पराजुली २०७९  सालको एस.ई.ई. परिक्षमा उत्कृष्ट अंक ल्याई उतिर्ण भएकोमा बिशिष्ट अतिथिद्धारा प्रमाण पत्र सहित नगद पुरुस्कारले सम्मान गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार