images
images

नेशनल लाइफको बार्षिकोत्सव सम्पन्न : सिइओ खत्रीले दिए बिमित, अभिकर्ता, कर्मचारी र शुभेच्छुकलाई धन्यवााद

नेशनल लाइफको बार्षिकोत्सव सम्पन्न : सिइओ खत्रीले दिए बिमित, अभिकर्ता, कर्मचारी र शुभेच्छुकलाई धन्यवााद

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    नेशनल लाइफको बार्षिकोत्सव सम्पन्न : सिइओ खत्रीले दिए बिमित, अभिकर्ता, कर्मचारी र शुभेच्छुकलाई धन्यवााद
    images
    images

    काठमाडौँ / नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ३८ औँ बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले कम्पनीमा आवद्ध बिमित, अभिकर्ता एवं कर्मचारीवर्गहरू र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे । 

    images
    images

    बार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोगसहित त्यहाँ रहेका बाल बालिकाहरूलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको जनाएको छ । 

    सो अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरूमा यस प्रकारका कार्यक्रमहरू आयोजना गरिएको थियो ।

    News.JPG

    त्यस्तै, सिइओ खत्रीले कर्मचारीहरूलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानिसिक रूपमा सबल र सक्षम बनाउने उद्देश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए । 

    बुढानिलकण्ठस्थित होटल लेमन ट्रि मा मनोरञ्जनात्मक प्रस्तुतीसहित भव्य रूपले सम्पन्न गरिएको बार्षिकोत्सव समापन कार्यक्रममा सिइओ खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार