images
images

पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि ९ हजारसम्म दक्षिणा

पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि ९ हजारसम्म दक्षिणा

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि ९ हजारसम्म दक्षिणा
    images
    images

    काठमाडौँ / महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ । शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो । 

    images
    images

    गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि ९ हजार रुपैयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको जानकारी दिएको छ । 

    उनले भने, “हामीले साधुहरुलाई विभिन्न वर्गीकरण गरेको छौँ । त्यहीँ अनुसार नै दक्षिणा दिएर बिदाइ गर्दै छौँ । दुई सय रुपैयाँदेखि लिएर नौँ हजारसम्मको दक्षिणा दिएर बिदाइ गरेका छौँ ।” 

    त्यस्तै, उनले साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थानले पहिले गर्ने प्रचन भएतापनि केही वर्षदेखि कोषले पनि आधा खर्च गर्न थालेको बताए । 

    उनले भने, “शिवत्रात्रिको बेला सम्पूर्ण खानपानदेखि बस्ने र धुनीको व्यवस्था साधु सन्तहरूलाई दक्षिणा दिने र गुठीले बिदाइ गर्ने परम्परा थियो । अहिले कोषले गुठीले दिएको आधा रकम हामी पनि दिन्छौँ भनेर उहाँहरूले पनि गर्न लाग्नु भएको छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार