काठमाडौँ / सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको पब्लिक डिरेक्टरमा सुमित केडिया नियुक्त भएका छन् ।
कम्पनीको फागुन ३० गते सम्पन्न् ३० औँ बार्षिक साधारण सभाबाट सुमित केडिया पब्लिक डिरेक्टर नियुक्त भएका हुन् ।
उनले विगत लामो समयदेखि यस इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आएका छन् ।
उनका संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।