images
images

६ महिनामा जीवन बिमा कम्पनीहरूको व्यापार ८ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

६ महिनामा जीवन बिमा कम्पनीहरूको व्यापार ८ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

६ महिनामा प्रथम बिमा शुल्कबापत १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगारी बिमाअन्तर्गत १ अर्ब ४३ करोड ४३ लाख र नवीकरण बिमाशुल्क अन्तर्गत ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ ।

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • ६ महिनामा जीवन बिमा कम्पनीहरूको व्यापार ८ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा जीवन बिमा कम्पनीहरूले प्रिमियम रकम ८ प्रतिशतले बृद्धि गरेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार पुससम्म जीवन बिमा कारोबार गर्ने कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बिमा शुल्क सङ्कलन गरेका हुन् । 

    अघिल्लो वर्ष यसै अवधिमा ७४ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको बिमाशुल्क सङ्कलन भएको थियो । यो वर्ष भएको बिमा प्रिमियम अघिल्लो वर्षभन्दा ८.६८ प्रतिशत बढी हो । 

    यो वर्ष सङ्कलित रकममध्ये प्रथम बिमा शुल्कबापत १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगारी बिमाअन्तर्गत १ अर्ब ४३ करोड ४३ लाख र नवीकरण बिमाशुल्क अन्तर्गत ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ । गत बर्ष ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको कुल बिमा शुल्क आर्जन भएको थियो । 

    यसमध्ये प्रथम बिमा शुल्कबापत १३ अर्ब ८१ करोड ६७ लाख र नवीकरणीय बिमा अन्तर्गत ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ सङ्कलन भएको थियो । गत वर्ष वैदेशिक रोजगार बिमालाई प्रथम बिमा शुल्क अन्तर्गत नै समावेश गरिएको थियो । 

    प्रिमियम बढाउनेमा सिटिजन र रिलायबल अग्रस्थानमा 

    चालु आवको ६ महिनामा सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी २३.६० प्रतिशतले बिमा शुल्क बृद्धि गरेको छ । त्यस्तै, दोस्रो स्थानमा भने रिलायबल नेपाल लाइफ रहेको छ । सिटिजनले गत बर्ष २ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बिमा प्रिमियम सङ्कलन गरेकोमा यस बर्ष भने ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ पुर्याएको हो । 

    यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत बर्ष १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेकोमा यस बर्ष पुस मसान्तसम्म २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । यो कम्पनीले गत बर्षको तुलनामा २३.४१ प्रतिशत बढी बिमा शुल्क सङ्कलन गरेको हो ।

    सबैभन्दा बढी प्रिमियम सङ्कलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले समीक्षा अवधिमा २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेको छ । गत बर्ष ६ महिनासम्म यो कम्पनीले २० अर्ब २ करोड ३१ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको थियो । 

    त्यस्तै, सन नेपाल लाइफ इन्स्येरेन्सले सबैभन्दा कम बिमा शुल्क उठाएको छ । गत बर्षको तुलनामा १२.५२ प्रतिशत बढीे प्रिमियम सङ्कलन गरेको यो कम्पनीले ६ महिनामा २ अर्ब ३१ लाख रुपैयाँ बिमा शुल्क उठाएको हो । 

    त्यस्तै, राष्ट्रिय जीवन बिमा कम्पनीको बिमा शुल्क भने गत बर्षको तुलनामा ४१.६९ प्रतिशतले घटेको छ । गत बर्ष ४ अर्ब ७५ करोड ८२ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेको यो कम्पनीले यस बर्ष भने ६ महिनाको अवधिससम्म २ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ मात्रै प्रिमियम सङ्कलन गरेको छ । 

    no.JPG

    रिलायबल नेपाल लाइफको बिमा नवीकरण शुल्क सर्वाधिक

    चालु आवको ६ महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा नवीकरण शुल्क सबैभन्दा बढी रहेको छ । यो कम्पनीले यस्तो शुलक २८.३३ प्रतिशतले बृद्धि गरी १ अर्ब ६५ करोड २९ लाख रुपैयाँ पुर्याएको हो । 

    यसैगरी, सिटिजन्स लाइफको पनि नवीकरण बिमा शुल्क २२.७२  प्रतिशतले बृद्धि भएको  छ । गत बर्ष १ अर्ब ९४ करोड २ लाख रुपैयाँ बिमा नवीकरण शुल्क उठाएको यो कम्पनीले यस बर्ष उक्त शुल्क बढाएर २ अर्ब ३८ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । 

    यसैगरी, राष्ट्रिय जीवन बिमा कम्पनीको नवीकरण बिमा शुल्क ४९.३९ प्रतिशतले घटेको छ । गत बष४ अर्ब ४४ करोड २ लाख रुपैयाँ नवीकरण शुल्क उठाएको यो कम्पनीले समीक्षा अवधिमा २ अर्ब २४ करोड ८८ लाख रुपैयाँ मात्रै बिमा शुल्क आर्जन गरेको हो । 

    त्यस्तै, सबैभन्दा बढी नवीकरण शुल्क भने नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । यो कम्पनीले यस बर्ष पुससम्म १८ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ नवीकरण बिमा शुल्क उठाएको छ । गत बर्ष सोही अवधिमा यो कम्पनीको नवीकरण बिमा शुल्क १६ अर्ब ८७ करोड १८ लाख रुपैयाँ थियो । 

    no1.JPG

    आधा जीवन बिमा कम्पनीको बिमालेख बढ्दा आधाको घट्यो 

    चालु आवको ६ महिनामा सात ओटा जीवन बिमा कम्पनीको बिमालेख बढेको छ । बाँकी ७ ओटाको घटेको छ । सबैभन्दा बढी बिमालेख बृद्धि गर्ने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ ।

    यो कम्पनीले बिमालेख ४६.६० प्रतिशतले बृद्धि गरेको हो भने दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको बिमालेख ४४.३५ प्रतिशतले बढेको छ । यता, सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बिमालेख २२.९२ प्रतिशतले घटेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६.६१ प्रतिशतले घटेको छ । 

    ६ महिनासम्म सक्रिय बिमालेखको सङ्ख्या सबैभन्दा बढी भएको कम्पनीमा नेपाल लाइफ इन्स्याोरेन्स अग्रस्थानमा छ । गत बर्ष पुस मसान्तसम्म यो कम्पनीको सक्रिय बिमालेख १२ लाख ३५ हजार ६१६ रहेकोमा यस बर्ष सोही अवधिमा १७ लाख ८३ हजार ५९२ रहेको छ ।  

    no3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार