images
images

भारतीय र चिनियाँ नागरिकको लगानी रहेको १० वटा कम्पनीले तिरेन २० करोड राजस्व

भारतीय र चिनियाँ नागरिकको लगानी रहेको १० वटा कम्पनीले तिरेन २० करोड राजस्व

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • भारतीय र चिनियाँ नागरिकको लगानी रहेको १० वटा कम्पनीले तिरेन २० करोड राजस्व
    images
    images

    चितवन /  भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै २० करोड रुपैयाँ राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरु गरेको छ । 

    राजदूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये एउटा चिनियाँ नागरिकको र नौवटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन् । 

    ती कम्पनीको १९ करोड ८८ लाख रुपैयाँ राजस्व बक्यौता छ । १० लाख रुपैयाँभन्दा बढी राजस्व बुझाउनुपर्ने भएपछि कार्यालयले राजस्व विभागमा पत्राचार गरेको छ ।  

    कार्यालयका कर अधिकृत युवराज खड्काका अनुसार ती कम्पनीको राजस्व उठाउने विषयमा माघ पहिलो साता विभागलाई पत्राचार गरिएको हो ।

    पटक पटक ताकेता गर्दा पनि सञ्चालक सम्पर्कमा नआएपछि विभागलाई पत्राचार गरिएको हो । चिनियाँ नागरिकले सञ्चालन गरेको चाइना सिचुवान इन्टरनेसनल कर्पोरेसन कम्पनीले १९ लाख रुपैयाँ आयकर बुझाउन बाँकी छ । अन्य नौवटा भारतीय नागरिकद्वारा सञ्चालित कम्पनीले १९ करोड ६९ लाख रुपैयाँ राजस्व बुझाउन बाँकी छ ।

    जसमध्ये पाँच करोड ६२ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट)तर्फको हो भने १४ करोड ६ लाख रुपैयाँ राजस्व आयकरतर्फको रहेको खड्काले जानकारी दिए । दैनिक रूपमा जरिवाना र ब्याज बढ्ने हुँदा दिनानुदिन रकम थपिँदै गएको छ ।

    विदेशी नागरिकले यहाँ कम्पनी दर्ता गरेर काम गर्दा पासपोर्ट, राजदूतावासबाट ल्याइएको पत्र र केही रकम धरौटी राखेर काम गर्ने गर्दछन् । उनीहरूको अचल सम्पत्ति पनि यहाँ नहुने र कतिपयले बैङ्किङ कारोबार पनि नगर्ने गर्दा राजस्व उठाउन कठिन भएको उनले जानकारी दिए। 

    खड्काका अनुसार बक्यौता असुल गर्न कठिन भएपछि विभागसँग आवश्यक निर्देशन मागिएको हो । यस्ता कम्पनीहरू अधिकांश कबाडी सङ्कलन गर्ने छन् ।  

    दशवटा कम्पनीमध्ये सबैभन्दा बढी  नवदुर्गा ट्रेडर्सले १४ करोड ६८ लाख ५५ हजार तीन सय ४५ रुपैयाँ राजस्व बुझाउन बाँकी छ । 

    भारतीय नागरिक बिजली चौधरीका नाममा रहेको सो कम्पनीले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ को आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) रकम राजस्व बुझाउन बाँकी छ ।

    कार्यालयका कर अधिकृत खड्काका अनुसार भ्याटबाट ४ करोड १५ लाख ५६ हजार २१६ रुपैयाँ र आयकरतर्फ १० करोड ५२ लाख ९९ हजार ९९ रुपैयाँ राजस्व बुझाउनुपर्ने हुन्छ । 

    उनका अनुसार नक्कली बीजक सम्बन्धमा कार्यालयले अनुसन्धान गरी सो रकम बराबरको राजस्व तिर्न बाँकी रहेको देखिएको हो । 

    यस कम्पनीलाई आन्तरिक राजस्व विभागले विसं २०८१ वैशाख ३० गते कर निर्धारण गरेको थियो । जसमध्ये अहिलेसम्म २ लाख रुपैयाँ मात्रै बुझाएको खड्काले जानकारी दिए।

    कार्यालयले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ मा ६८ जना करदातालाई नक्कली बीजकमा अनुसन्धान गरेको थियो । उनीहरूबाट १ अर्ब २१ करोडभन्दा बढी राजस्व उठाउन बाँकी रहेको उनले बताए। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार