images
images

एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता, डिजिटल बैंकिङ सुरक्षित बनाउने

एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता, डिजिटल बैंकिङ सुरक्षित बनाउने

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता, डिजिटल बैंकिङ सुरक्षित बनाउने

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेड र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता भएको छ । 

    images
    images

    बैंक तथा वित्तीय संस्थालाई “API Management System - APIMS”  उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन उक्त सम्झौता भएको हो । 

    उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा  र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
     
    सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले “API Management System - APIMS” उपलब्ध गराउनेछ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ ।

    बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

    बैंकमा हालसम्म १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ए्.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम्.एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

    यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार