images
images

‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि....

‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि....

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • ‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि....
    images
    images

    किसान याम प्रसाद अधिकारीले गत वर्षसम्म  सुन्ताला बेचेरै रु दुई लाख ५० हजार आम्दानी लिएका थिए । तर, अहिले अधिकारीको सुन्तला बगैँचाले एक लाख पनि आम्दानी लिन गाह्े भयो ।  यो सुन्तलाको मूल्य घटेर नभइ  अज्ञात रोगले बोट मरेपछि उनको आम्दानी पनि घटेको हो । 
    यस्तैगरी व्यावसायिक सुन्तलाखेती  गरिरहेका अर्का किसान टार्जन रानामगरको समस्या पनि यस्तै छ । विगतका वर्षमा रु ६० हजारको सुन्ताला बेचेका उनकोयस वर्ष रु २० हजारको मात्र उत्पादन भयो । 

    इलामको रोङ गाउँपालिकास्थित सुन्तला पकेट क्षेत्रका अधिकांश किसानहरुको मूख्य समस्या नै यहि छ । पछिल्लो समय सुन्तालको बोट मर्ने कारण किसानहरु चिन्तित छन् । 

    मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिकरूपमा सुन्तलाखेती गरिँदै आएको छ । 


    यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि किसान अधिकारीको परिवारलाई आफ्नो परिवार चलाउन त्यति सहज छैन । “विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट रु दुईदेखि रु दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन”,  उनले भने, “बल्लतल्ल रु एक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो ।” 

    व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएका किसान अधिकारीको बगैँचामा पहिले एक सय ५० बोटसम्म थियो अहिले यो सङ्ख्या घटेर  ७० मा सीतित भएको  छ । 

    रोगको पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन् । केही बोट मर्न थालेका छन् । बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन । फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उनी बताउँछन् । 
     
    सुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो । सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताए । रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उनले बताए । 


    “हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ, विज्ञको टोली पनि आउनुभयो”, उनले भने, “तर टोलीले स्थलगतरूपमा अनुगमन गरे पनि रोग पत्ता लागेन । के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन ।” रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको छ । 

    किसान अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ । किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए । वार्षिक रु दुई लाखको सुन्तला बेच्ने गरेका खनालको बगानमा यस वर्ष एक दान पनि सुन्तला नफलेको जानकारी दिए । “मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाको बोट थियो, सिजनमा रु दुई लाखसम्म आम्दानी दिन्थ्यो”, उनले भने, “तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यसपटक बेचिएन ।”

     

    मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा रोगले सङ्क्रमण गर्न थालेपछि यहाँका दर्जनौँ किसान वैकल्पिक खेतीको खोजी गर्न बाध्य भएका छन् । सलकपुरका दुई सय ५० किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएकामा रोगको सङ्क्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तलाखेती गरिरहेका छन् । 

    कुनैबेला सुन्तालको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले सङ्क्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाइ छ । “विगत यहाँबाट वार्षिक करिब चार करोडको सुन्तला उत्पादन हुने गरेको थियो”, उनले  उनले “बगैँचाबाटै प्रतिकिलो रु एक सय २० का दरले बेच्दासमेत यस वर्ष करिब रु एक करोडको मात्र सुन्ताला उत्पादन भएछ ।” 

    यहाँ उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिङ, सिलगुडीलगायत विभिन्न क्षेत्रमा निकासी हुने गरेको छ ।
     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार