images
images

साइप्रसबाट फर्किएर ३० लाख लगानीमा बङ्गुरपालन गरिरहेका पुजनको जोडी

साइप्रसबाट फर्किएर ३० लाख लगानीमा बङ्गुरपालन गरिरहेका पुजनको जोडी

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • साइप्रसबाट फर्किएर ३० लाख लगानीमा बङ्गुरपालन गरिरहेका पुजनको जोडी
    images
    images

    छ वर्ष साइप्रस बसेर गाउँ फर्किएका पुजन र लक्ष्मी प्रधानको जोडी अहिले  करिब ३० लाख लगानीमा बङ्गुरपालन सुरु  गरेका थिए । 

    व्यवसाय शुरु गरेको सात महिना भयो ।  अहिले ४२  बङ्गुर छन् ।

    इलाम माईजोगमाई गाउँपालिका–४ नामसालिङका  वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बनेका  हुन् । 

     ‘लक्ष्मी पशुपालन बङ्गुर फार्म’ दर्ता गरेर सुरु गरिएको व्यवसायमा आम्दानी सुरु हुन अब तीन महिना लाग्छ । 

    “अहिले ४२  बङ्गुर छन् । पाठा हालेको सात महिना भयो । अब तीन महिना पालेपछि बिक्री गर्न सकिन्छ”, लक्ष्मीले भनिन्, “पाठा हुर्किदै जाँदा लगानी बढ्दै गएको छ तर, बजार भाउ राम्रो छ । 

    बेच्न समस्या हुँदैन”, राम्रो स्याहार पुगेको एउटा बङ्गुर सामान्यतया एक क्विन्टल (एक सय केजी) हुने उनको भनाइ छ। 

    इलामका बजारमा बङ्गुरको मासु हाल प्रतिकेजी र पाँच सयदेखि छ सयसम्म बिक्री भइरहेको छ । 

    पशुपालन मात्रै होइन । पुजनका दुई वटा यात्रु गाडी छन् । 

    फार्ममा लक्ष्मीसहित अन्य दुईजना खटिन्छन् भने पुजन गाडी लिएर जान्छन्
    । 
    गत वर्ष गाउँमा आमा बिरामी परेपछि दुवैजना स्वदेश फर्किएको लक्ष्मीले बताइन् । “रोगले आमा बित्नुभयो । त्यसपछि विदेश जाने मन भएन । 

    गाउँमै स्वरोजगार बन्ने सोचले पशुपालन सुरु गरेका हौँ”, उनको भनाइ छ, “पुर्खाले पनि बङ्गुर त पालेकै हुन् । तर, व्यावसायिक बन्न नसक्दा सधैँ निर्वाहमुखी हुनुपर्यो । विदेशमा पैसा कमाएर सहरमा घर किन्नुभन्दा गाउँमै व्यवसाय गर्दा अरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ ।”

    गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबे भन्छन्, ‘स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्छु । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार