images
images

खल्ती र गरिमा विकास बैङ्कबिच रणनितिक सम्झौता : डिजिटल रूपान्तरणका लागि साझेदारी गर्ने

खल्ती र गरिमा विकास बैङ्कबिच रणनितिक सम्झौता : डिजिटल रूपान्तरणका लागि साझेदारी गर्ने

बिहिवार, फागुन २४ २०८०
बिहिवार, फागुन २४ २०८०
  • खल्ती र गरिमा विकास बैङ्कबिच रणनितिक सम्झौता : डिजिटल रूपान्तरणका लागि साझेदारी गर्ने
    images
    images

    काठमाडौँ / नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र गरिमा विकास बैङ्क लिमिटेडबिच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । सो सम्झौता अन्तर्गत अब गरिमा विकास बैङ्कका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् ।

    उक्त साझेदारीसँगै गरिमा विकास बैङ्कका ग्राहकहरूले बिना झन्झट स्मार्ट बैङ्क एप– गरिमा डिजिटल बटुवाबाट सिधैँ खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्नेछन् । 
    ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभि, इभेन्ट लगायतको टिकट खरिदसँगै बिल भुक्तानी र अरु थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् ।

    बैङ्कबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरूले खल्ती बाट गरिमा विकास बैङ्कको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।  उक्त सम्झौताबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “डिजिटल नेपालको उद्देश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५०+ बैङ्कसँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै  आईरहेका छ ।

    यसै अनुरुप गरिमा विकास बैङ्कसँगको यो साझेदारीले डिजिटल नेपाल को यात्रामा बलियो योगदान दिने कुरामा  हामी विश्वस्त छौँ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार