images
images

शनिबारको राशिफल : आज क-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको अवसर ?

शनिबारको राशिफल : आज क-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको अवसर ?

शनिवार, फागुन १७ २०८१
शनिवार, फागुन १७ २०८१
  • images
    images
    शनिबारको राशिफल : आज क-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको अवसर ?
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन १७ गते, शनिबार । ईश्वी सन् २०२५ मार्च १ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । द्वितीय तिथि, ५१ घडी १५ पला, रातको ३ बजेर १ मिनेट उप्रान्त तृतीया । पूर्वभाद्रपदा नक्षत्र, १७ घडी ५६ पला, दिउसो १ बजेर ४१ मिनेट उप्रान्त उत्तराभाद्रपदा । साध्य योग, ३१ घडी ९ पला, बेलुकी ६ बजेर ५८ मिनेट उप्रान्त शुभ । बालव करण, बेलुकी ४ बजेर ६ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर १ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–कुम्भ, बिहान ८ बजेर २ मिनेट उप्रान्त मीन । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। आयस्रोत राम्रो रहनेछ। खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ।  कर्जा लिनु परे पनि दिगो योजनामा लगानी हुनेछ । आयातित सामानको व्यापार व्यवसाय फस्टाउनेछ । विदेशमा बसेर श्रम गर्नेहरूका लागि पनि समय राम्रो छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    महत्वकांक्षी कार्य सम्पादन गर्न सकिनेछ । आर्थिक र सामाजिक स्थिति सबल रहनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । इच्छा पूरा हुने योग छ । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मननग्य आम्दानी गर्न सकिन्छ । उठ्नुपर्ने रकम हात पर्नेछ । सञ्चित धन र कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यवसाय फस्टाउने समय छ । व्यवसायिक यात्राको योग छ । आँटेका तथा चाहेका कामहरू सम्पन्न हुनेछ । अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। आकस्मिक धन लाभ हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम गर्ने समय छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। कार्यक्षेत्रमा सहयोगले सफलता मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ होला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। लगनशीलताले लक्ष्य प्राप्त गर्न सकिन्छ । सानो प्रयत्नले परिणाममुखी काम बन्न सक्छ । कार्य राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । लामो दुरीको यात्राको सम्भावना छ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    गोपनीयताको ध्यान राख्नुहोला। सामान्य कामको लागि धेरै दौडधूप गर्नुपर्ला। चिताएको नतिजा प्राप्त नहुँदा आर्थिक गतिविधिमा बाधा पुग्नेछ । यद्यपि, मेहनतले केही काम बन्नेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। व्यापार व्यवसाय खस्कने समय छ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। शत्रुहरू पराजित हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ । व्यापार व्यवसायबाट मनग्य फाइदा लिन सकिनेछ । व्यवसायिक यात्राको सम्भावना छ । दिगो फाइदाको लागि लगानी बढाउने समय छ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ। व्यापार विस्तार गरि मनग्य आम्दानी लिन सकिनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    भविष्यका लागि लगानीको अवसर जुट्नेछ। कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आँटेका तथा चाहेका कामहरू बन्ने भएकोले आर्थिक पक्ष सबल हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हातलागी हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । नयाँ काम सुरु गर्नुअघि राम्रोसँग सोचविचार गर्नुहोला । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साझेदारीको व्यवसायमा असमझदारी बढ्नेछ ।  महत्त्वपूर्ण योजना गोप्य राख्नुहोला । घरायसी काममा खर्च बढ्दा आर्थिक अभाव हुनसक्छ ।  घर जग्गा, जग्गा, जमिन, कृषि तथा पशुपालन व्यवसायबाट लाभ लिन सकिनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    सम्पत्तिको विवादमा सम्झौता हुने समय छ । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ। चिताएका काम सम्पादन हुनेछन्। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मनोरञ्जनको क्षेत्रमा गरिएको तथा भौतिक सम्पत्ति परिचालन गरी आम्दानी बृद्धि गर्ने समय छ । होटल तथा खाद्यान्नसँग सम्बन्धित व्यवसायबाट पनि फाइदा हुनेछ। चिताएको काम सम्पादन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विशेष उपहार प्राप्त हुन सक्छ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुने समय छ। व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार