images
images

१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • १४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ
    काठमाडौँ / सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । 
     
    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।
     
    दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
     
    उनले भने, “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।” 
     
    गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार