images
images

नेप्से परिसूचक २७ सयको बिन्दुमा उक्लिदा १० अर्बको कारोबार, कुन समूहमा बढ्यो आकर्षण ?

नेप्से परिसूचक २७ सयको बिन्दुमा उक्लिदा १० अर्बको कारोबार, कुन समूहमा बढ्यो आकर्षण ?

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • नेप्से परिसूचक २७ सयको बिन्दुमा उक्लिदा १० अर्बको कारोबार, कुन समूहमा बढ्यो आकर्षण ?
    images
    images

    काठमाडौँ / साताको पहिलो दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि भई २ हजार ७३८.०६ को बिन्दुमा उक्लिएको छ । 

    सेयर बजारमा उत्साह देखिएसँगै आज कारोबार रकम पनि करिब १० अर्ब रुपैयाँ पुगेको छ । आज नेप्से परिसूचक ६२.५४ अङ्कको वृद्धिपछि २ हजार ७३८.०६ को बिन्दुमा उक्लिएको छ । 

    ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर १ लाख ६ सय ५१ पटक खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ । 

    आज जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी ४.२६ प्रतिशतको वृद्धि देखिएको छ । बैंकिङ १.६२, विकास बैंक २.७१, वित्त २.४८, होटल तथा पर्यटन ०.९६ र लगानी समूह २.५६ प्रतिशतले बढेको छ।

    जीवन बिमा २.१६, उत्पादन तथा प्रशोधन २.३२, लघुवित्त १.५१, म्युचुअल फण्ड ०.६२, निर्जीवन बिमा १.९५, व्यापार १.१५ र अन्य समूह २.५२ प्रतिशतले बढेको छ ।

    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको ३८ करोड ४ लाख ३७ हजारको सेयर किनबेच भएको छ । 

    त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर सेयर १० लाख ४७ हजार ३५ कित्ता सेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार