images
images

सानिमा बैंक र दराजबिच ‘दराज ११.११’ योजनाका लागि सहकार्य, बैंकका ग्राहकले कति पाउँछन् छुट ?

सानिमा बैंक र दराजबिच ‘दराज ११.११’ योजनाका लागि सहकार्य, बैंकका ग्राहकले कति पाउँछन् छुट ?

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • सानिमा बैंक र दराजबिच ‘दराज ११.११’ योजनाका लागि सहकार्य, बैंकका ग्राहकले कति पाउँछन् छुट ?

    काठमाडौँ / सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    यो योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिनेछ ।

    छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले, १३५ प्रतिवर्षका दरले, २४ महिनासम्मका लागि मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

    यो योजना कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार