images
images

कामना सेवा विकास बैङ्कले प्राप्त गर्यो दोस्रो चितवन बैङ्कर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि

कामना सेवा विकास बैङ्कले प्राप्त गर्यो दोस्रो चितवन बैङ्कर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि

आइतवार, फागुन १३ २०८०
आइतवार, फागुन १३ २०८०
  • कामना सेवा विकास बैङ्कले प्राप्त गर्यो दोस्रो चितवन बैङ्कर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि

    काठमाडौँ / दोस्रो चितवन बैङ्कर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैङ्कले जितेको छ । ‘स्वस्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मिति २०८० फागुन १२ गते भरतपुर चितवनमा बैङ्कर्र्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैङ्क विजेता भएको हो ।

    images
    images

    उक्त प्रतियोगिताको खेलमा २६ बैङ्कको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैङ्कले ग्लोबल आइएमई बैङ्कलाई ६–२ ले हराउदै उपाधी जितेको छ । विजेता टिम कामना सेवा विकास बैङ्कलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

    बैङ्कले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथमार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार