images
images

क्रिकेटर लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

क्रिकेटर लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

बिहिवार, फागुन १० २०८०
बिहिवार, फागुन १० २०८०
  • क्रिकेटर लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

    काठमाडौँ / क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।

    images
    images

         उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी आज पुनरावेदन मुद्दा दर्ता भएको हो । 

    लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको हो ।

         काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल  इजलासले क्रिकेट खेलाडी लामिछानेलाई गत पुस २५ गते आठ वर्ष कैद, रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको थियो ।

     गत पुस १३ गते गौशाला–२६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने उक्त अदालतले निर्णय गरेको थियो ।

        लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई गत वर्ष असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार