images
images

कामना सेवा विकास बैङ्क र सार्वजनिक खरिद अनुगमन कार्यालयबिच सम्झौता

कामना सेवा विकास बैङ्क र सार्वजनिक खरिद अनुगमन कार्यालयबिच सम्झौता

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • कामना सेवा विकास बैङ्क र सार्वजनिक खरिद अनुगमन कार्यालयबिच सम्झौता

    कामना सेवा विकास बैङ्क र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलबिच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैङ्क जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

    images
    images

    उक्त सम्झौता पश्चात सरकारी निकायहरूवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैङ्क जमानत कामना सेवा विकास बैङ्कबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेश गर्न सक्नेछन् ।

    बैङ्कका ग्राहकहरूले बैङ्क जमानत लिई सोसँग सम्बन्धित कागजातहरू अनलाइन माध्यमद्वारा पेश गरेपश्चात बैङ्कले उक्त कागजातहरू प्रमाणीकरण गर्नेछ । 
    उक्त सम्झौतामा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् । 

    सो सम्झौताले बैङ्कका ग्राहकहरूलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैङ्क जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ । 
    बैङ्कले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथमार्फत् अत्याधुनिक बैङ्किङ सुविधा प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार