images
images

कामना सेवा विकास बैङ्कद्वारा तनहुँको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

कामना सेवा विकास बैङ्कद्वारा तनहुँको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • कामना सेवा विकास बैङ्कद्वारा तनहुँको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

    काठमाडौँ / कामना सेवा विकास बैङ्क लिमिटेडले तनहुँको एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँमार्फत सालबिस्नेस्थित सत्यवती देवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । 

    images
    images

    बैङ्कका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले सत्यवती देवी आधारभुत विद्यालयको प्रधानाध्यापक ईश्वरबहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए । 

    उक्त कार्यक्रममा विद्यालयका विद्यार्र्थीहरू, शिक्षकहरू तथा स्थानीय महानुभावहरू साथै बैङ्कका कर्मचारीहरूको उपस्थिती रहेको थियो । यससँगै बैङ्कले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिनेछ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार