images
images

दाङको दुलसीपुर प्रिगाउँमा महायज्ञ सञ्चालन

दाङको दुलसीपुर प्रिगाउँमा महायज्ञ सञ्चालन

शनिवार, माघ २० २०८०
शनिवार, माघ २० २०८०
  • दाङको दुलसीपुर प्रिगाउँमा महायज्ञ सञ्चालन

    दाङको तुलसीपुर ११ प्रिगाउँमा रहेको महेश्वर शिब मन्दिरमा धानधान्यञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । शिब मन्दिर ब्यबस्थापन समितिको आयोजनामा माघ १८ गतेदेखि महायज्ञ सञ्चालन भइरहेको हो ।

    images
    images


    महायज्ञ माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिका संयोजक होमप्रसाद गौतमले जानकारी दिए । शिब पञ्चायन मन्दिर निर्माण तथा महेश्वर शिब मन्दिर निर्माणका लागि महायज्ञ सञ्चालन भइरहेको मुल आयोजक समितिले जानकारी दिएको छ ।

    महायज्ञको तुलसीपुर ११ का वडाध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक मानबहादुर रावतले उद्घाटन गरेको हो । माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञबाट पच्चीस लाख नगद संकलन गर्ने लक्ष्य रहेको मुल आयोजक समितिका संयोजक होमप्रसाद गौतमले बताए । पण्डित कोमल आचार्यले कथा बाचन गर्ने महायज्ञमा स्थानीयको ब्यापक सहभागीता रहेको छ ।

     यसैबीच महायज्ञको दास्रो दिन तुलसीपुर ५ निबासी मेघराज रेउले र टोपबहादुर घर्ती मगरले नगद दान गरेका छन् । महायज्ञस्थल पुगेर रेउलेले ५१ हजार एक सय ५ रुपैया दान गरेको  महायज्ञ मुल आयोजक समितिका निर्देशक खिमबहादुर वलीले जानकारी दिए । यस्तै, तुलसीपुर ५ निबासी ब्यबसायी टोपबहादुर घर्तीले २१ हजार एक सय ११ रुपैया दान गरेका छन् । 
     यस्तै, तुलसीपुर १९ निबासी ब्यबसायी मोहन घर्तीले पाँच हजार एक सय दान गरेका छन् । महायज्ञमा दानबीरको दैनिक सहभागीता हुने गरेको मुल आयोजक समितिका संयोजक होमप्रसाद गौतमले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार