images
images

टेलिकमका तत्कालीन निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रणका विकल पौडेल पक्राउ

टेलिकमका तत्कालीन निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रणका विकल पौडेल पक्राउ

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • टेलिकमका तत्कालीन निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रणका विकल पौडेल पक्राउ
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दुई जनालाई पक्राउ गरेको हो । 

    गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो । दुवै जनामाथि यसअघि भ्रष्टाचार मुद्दा दर्ता छ भने गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । 

    सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ  बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो। 

    विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो। अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो। विकल एक्लैविरुद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो। अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार