images
images

गरिमा विकास बैङ्कको नाफामा सामान्य बृद्धि, प्रतिसेयर आम्दानी कति ?

गरिमा विकास बैङ्कको नाफामा सामान्य बृद्धि, प्रतिसेयर आम्दानी कति ?

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • गरिमा विकास बैङ्कको नाफामा सामान्य बृद्धि, प्रतिसेयर आम्दानी कति ?
    images
    images

    काठमाडौँ / गरिमा विकास बैङ्क लिमिटेडको नाफा २.१० प्रतिशतले वृद्धि भएका छ । बैङ्कले प्रकाशित गरेको चालू आर्थिक बर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार गरिमाको नाफा १ करोड ४ लाख ३६ हजार रुपैयाँले बढेको हो । 

    वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैङ्कले ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको पुस मसान्तसम्म गरिमाले ५० करोड २१ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढे पनि इम्पेरमेन्ट चार्ज बृद्धि भएपछि बैङ्कको नाफामा दबाव पुगेको देखिन्छ । समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी १४.४० प्रतिशतले बढेर १ अर्ब ८० करोड ५० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैङ्कको यस्तो आम्दानी १ अर्ब ५७ करोड ७७ लाख रुपैयाँमा सीमित रहेको थियो । 

    यसैगरी खुद फि तथा कमिशन आम्दानी पनि २२.३२ प्रतिशतले बृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा १५ करोड ५४ लाख ६८ हजार रुपैयाँ यस्तो आम्दानी रहेकोमा समीक्षा अवधिमा बढेर १९ करोड १ लाख ७४ हजार रुपैयाँ पुगेको हो । 

    त्यस्तै, कुल सञ्चालन आम्दानी १५ प्रतिशतले बढेर २ अर्ब २ करोड ९४ लाख ८९ हजार रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । गत आवको सोही अवधिमा बैङ्कको यस्तो आम्दानी १ अर्ब ७६ करोड ४८ लाख १३ हजार रुपैयाँमा सीमित थियो । बैङ्कले समीक्षा अवधिमा इम्पेरिमेन्ट चार्ज बृद्धि गरी ५४ करोड १ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।  

    नाफामा दबाब पुगेसँगै बैङ्कको प्रतिसेयर आम्दानी ६.७१ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १९ रुपैयाँ ३६ पैसा प्रतिसेयर आम्दानी रहेकोमा समीक्षा अवधिमा घटेर १८ रुपैयाँ ०६ पैसामा सीमित भएको देखिन्छ भने वितरणयोग्य मुनाफा पनि २ करोड ३१ लाख ८६ हजार रुपैयाँ रहेको छ । 

    बैङ्कको खराब कर्जा भने गत आवको दोस्रो त्रैमासको तुलनामा ५६.०८ प्रतिशतले बृद्धि भएको देखिन्छ । गत बर्ष पुस मसान्तसम्म यस बैङ्कको खराब कर्जा १.८९ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर २.९५ प्रतिशत पुगेको हो । हाल बैङ्कको चुक्ता पुँजी ५ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५८ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ । 

    पुस मसान्तसम्म साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले ७८ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ६३ अर्ब ९० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २१.३७ गुणा, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४७ पैसा, बेस रेट १०.४७ र सिडी रेसियो ८५.७३ प्रतिशत रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार