images
images

एमाले नेता ढुंगेलको प्रश्न : कांग्रेस कहाँ छ ?, कांग्रेसका नेता खड्काको को जवाफ : कांग्रेस सबैतिर छ

एमाले नेता ढुंगेलको प्रश्न : कांग्रेस कहाँ छ ?, कांग्रेसका नेता खड्काको को जवाफ : कांग्रेस सबैतिर छ

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • एमाले नेता ढुंगेलको प्रश्न : कांग्रेस कहाँ छ ?, कांग्रेसका नेता खड्काको को जवाफ : कांग्रेस सबैतिर छ

    काठमाडौँ / नेकपा (एमाले)का नेता माधव ढुंगेलले सरकारले सुशासनको नाममा ठूलो कुरा पनि काम भने केही पनि नगरेको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले देशको आर्थिक अवस्था भयावह भएको टिप्पणी गरे । 

    images
    images

    उनले नेपालको विद्युत नीति के हुने ? त्यसबाट जनतालाई कसरी लाभ दिने ? उत्पादन भएको क्षेत्र र ड्याम क्षेत्रका पीडितलाई के राहत दिने ?लगायतका विषय प्रधान हुने बताए । उनले भने,‘नेपालको राष्ट्रियता विद्युतको उत्पादन र त्यसबाट जनतलो पाउने रोयल्टीसँग गाँसिएको छ । सस्तोमा भारतलाई विजुली बेच्ने अनि भारतबाट महँगोमा किन्ने कुरा राम्रो होइन ।’

    उनले १० वर्षभित्र १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सहमतिप्रति आफूहरु सकारात्मक रहेको सुनाए । तर, त्यसबारेमा स्पष्ट व्याख्या गरेर त्यसको उत्पादन, लगानी र नेपाली जनतनाले पाउने रोयल्टीको पार्ट क्लियर गर्नुपर्ने ढुंगेलको भनाई छ । 

    उनले सरकारको सुशासन पनि देखिएको भन्दै व्यंग्य कसे । उनले थपे–‘यो सरकार संसद्को गणितअनुसार बनेको हो । यहाँ सरकारले गरेका काम पनि भनियो । भुटानी शरणाथीृको केस शत्रु साँध्ने कुरा जोड्ने सुशासन भन्ने । सत्ता गठबन्धनको ठाउँमा पुगेपछि उहाँ (प्रधानमन्त्री) सल्याकसुलुक्क हुने । बालुवाटार काण्डको विषय पनि त्यस्तै, सत्ता गठबन्धनको ठाउँमा पुगेपछि चुप लागेर बस्ने । घुम्दै फिर्दै बालुवाटार काण्ड सत्ता गठबन्धनका दैलामो आएर टुँग्गिएपछि अनि सुशासन हरायो । यो सरकार विचारको एकताबाट बनेको सरकार हो र ?’

    उनले सत्ता गठबन्धनबाट चाहेको रुपान्तरण दिन सकिन्छ भनेर पनि प्रश्न उठाए । उनले भने,‘आजको आर्थिक अवस्था भयावह छ । सहकारी र वित्तिय संस्थाको अवस्था के छ ? नेपालको इकोनोमी कस्तो छ ? विदेश जानेहरुको लामबद्ध छ । मन्त्रीले गाडी चढेकै छन् । मन्त्रालय ओहोरदोहोर गरेकै छन् । मन्त्री क्वार्टरमा बसेका होलान् । तर, राष्ट्रिय पुँजी कमजोर भएको छ । दलाल पुँजीलाई सरकारले प्रमोट गरेको छ । यसरी समाजवादको यात्रा हिँड्छौं भन्नु बेकारको कुरा हो ।’

    सो क्रममा उनले अहिले नेपाली कांग्रेस कहाँ छ ? भन्दै प्रश्न गरे । उनले भने,‘सत्तामा कांग्रेस कहाँ छ ? हामीले देखेको छैन् । संसद्मा ठूलो दल त छ । सरकारमा कहाँ छ ? कहाँ विलय भएको छ ? कांग्रेस सुत्छ कि उठ्छ ?’ उनले देश बनाउनको लागि आफूहरुले एकपटक एकल बहुमतको सरकार मागेको पनि स्मरण गराए । उनले भने,‘एकल बहुमतको सरकार दिनुहोस, हामी हाम्रो भीजन र मिशनमा देश कस्तो हुन्छ भनेर देखाईदिन्छौं । आर्थिक समृद्धि र विकासको कुरा गरेका छौं ।’

    नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले भने,‘नेपाल जलस्रोतको धनी हो । यो हाम्रो सम्पत्ति पनि हो । जलस्रोतको विकासले आर्थिक समृद्धितिर देशलाइै अघि बढाउँछ । नेपालले उत्पादन गर्ने विद्युत भारतलाई १० हजार मेगावाट निर्यात गर्ने सहमति सकारात्मक छ । विद्युत उत्पादन गर्ने कुरामा हाम्रा लक्ष्य छन् । अनि चूनौति पनि छन् । समयमा हामीले परियोजना सम्पन्न गर्ने दायित्व छ । सबैको सहयोग चाहिन्छ । हाम्रो उत्पादित विद्युत पहिलो प्राथमिक आफ्नो नागरिकलाई दिनुपर्छ । ग्रामिण भेगका नागरिकलाई उज्यालो दिनुपर्छ । यो राज्यको कर्तव्य हो । बाँकी रहेको विद्युत निर्यात गर्नुपर्छ । यसले आर्थिक कुरालाई सघाउँछ ।’

    विद्युतमा नेपालको बजार नै भारत भएको उनले सुनाए । उनले भने–‘ सुक्ष्म तरिकाले गर्नुपर्छ । भारतलाई विश्वासमा राख्नुपर्छ । नेपाली स्वाभिमानलाई कायम राखेर हामीले दुवैको सहअस्तित्व र संवेदनशीलताका आत्मसात गरेर दुवै छिमेकीलाई विश्वासमा लिनुको विकल्प छैन् । भारत आँफैमा ठूलो बजार हो । यो कुरामा सबै दल जिम्मेवार हुनुपर्छ । भारतीय दूतावासबाट खर्च हुने पैसा एकद्धार प्रणालीमा हुनुपर्छ । सरकारलाई जानकारी हुने कुरा राम्रो हो । वन डोर र रकमको सिमा राख्नु उपयुक्त हो ।’

    उनले लघुवित्त र सहकारीमा भएको घोटालाबारे पनि सरकारले छानबिन गरेर पीडित जनतालाई न्याय दिनुपर्ने बताए । उनले भने,‘जनता ठगिएका छन् । सरकारले गलत गर्नेलाई छिटोभन्दा छिटो न्यायको कठघरामा ल्याउनुपर्छ । भाषणले पेट भरिँदैन।’

    उनले कांग्रेस कहाँ छ ? भनेर एमाले नेताले प्रश्न गरेकोमा जवाफ फर्काउँदै कांग्रेस सबैतिर रहेको सुनाए । उनले भने,‘कांग्रेस सबै जिल्लामा छ, सबै बस्तीमा छ । सकारमा छ । यो भनिरहनुपर्ने कुरा होईन । अहिले कांग्रेस ठूलो दल छ । यसको आफ्नो ऐतिहासिक पृष्ठभूमि छ । हाम्रो ध्येय के हो भने अहिलेपनि मुलुक अप्ठ्यारोमा अवस्थामा छ ।

    हामी जिम्मेवार छौं । यो संविधानको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व हो । यसै संविधानभित्र बसेर कतिपयले संविधानको खिल्ली उडाएका छन् । म पनि संविधानसभा सदस्य हुँ । मुलुका संकट समाधान गर्ने कुरामा राजनीतिक दलहरुले साझा दृष्टिकोण राख्नुपर्छ । राजनीतिक सहिष्णुता राख्नुपर्छ । राष्ट्रिय सहमति आवश्यक हुन्छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार