काठमाडौँ / जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष कैदबाहेक जरिवाना क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
उनकाअनुसार इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।
गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि बुधबार इजलास बसेको थियो।