images
images

विभागीय टिम त्रिभुवन आर्मीका खेलाडीलाई मल्ममा स्वागत

विभागीय टिम त्रिभुवन आर्मीका खेलाडीलाई मल्ममा स्वागत

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • विभागीय टिम त्रिभुवन आर्मीका खेलाडीलाई मल्ममा स्वागत

    बागलुङ / भलिबल विभागीय टिम त्रिभुवन आर्मी कल्वका खेलाडीहरुलाई गलकोट नगरपालिका ७ मल्ममा स्वागत गरिएको छ । राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले एक कार्यक्रमका बिच मल्मको पर्यटकीय स्थल राम्चेढुङ्गामा स्वागत गरेको हो ।

    images
    images

    कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान तथा विभागीय टिम त्रिभुवन आर्मी क्लवका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ, सामुदायिक रेडियो गलकोट एफ एमका प्राविधिक तथा प्रस्तोता थम्मन थापा र गलकोट नगरपालिका वडा नं ७ का पूर्व वडा सदस्य मिना दर्जीले मन्तव्य राखेका थिए ।

    सो अवसरमा गलकोटमा आयोजित राष्ट्रिय स्तरको बुकी कप प्रतियोगिताको विजेता त्रिभुवन आर्मी कल्वलाई बधाई ज्ञापन गर्दै फूलमाला द्वारा खेलाडीहरुलाई स्वागत गरिएको थियो ।

    कार्यक्रममा स्थानियले स्थानिय परम्परागत भाका सहित भजन प्रस्तुत गरि खेलाडीहरुलाई नचाएका थिए । कार्यक्रम राम्चेढुङ्गा पर्यटन विकास केन्द्र मल्मका अध्यक्ष विष्णु थापा अम्मरको सञ्चालनमा सम्पन्न भएको थियो ।

    मंगलबार विभागीय टिम त्रिभुवन आर्मी कल्वका खेलाडीहरुले गलकोटका पर्यटकीय गन्तव्यहरु टेउवा स्थित मुर्तिकला, गलकोट दरबार र राम्चेढुङ्गाको स्थलगत भ्रमण गरेको हिमालयन म्यूजिकल ईभेन्ट म्यानेजमेण्ट एण्ड फिल्मसका संयोजक मोहन केसीले जानकारी दिए । 

    त्यस्तै विभागीय टिम नेपाल पुलिस कल्वका खेलाडीहरुले पनि गलकोट नगरपालिका ५ टेउवाको मुर्तिकला, ताराखोला गाउँपालिका १ मा अवस्थित गाईघाट झरनाको भ्रमण गरेको छन् ।

    विभागीय टिमहरु गलकोटमा पुस ८ गतेदेखि १६ गते सम्म सञ्चालन भएको बुकी कप २०८० मा सहभागी हुन गलकोट आएका हुन ।

    - थम्मन थापा 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार