images
images

पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १५ अर्बमाथि, कुनको कति ?

पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १५ अर्बमाथि, कुनको कति ?

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ५ महिनामा १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १५ अर्बमाथि, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ५ महिना (साउनदेखि मंसिरसम्म)मा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ५ महिनामा १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । 

    उक्त समयमा निर्जीवन बीमा कम्पनीहरुले११ लाख ६१ हजार २५९ वटा बीमा पोलिसी बिक्री गरेका छन् । यी कम्पनीहरुले मंसिर महिनामा मात्रै करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    मंसिर महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ महिनामा १ अर्ब ९९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

    यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ६५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने, शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ५७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

    कुन कम्पनीको कति ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार