images
images

कामप्रति समर्पणभावले सफलता, बीमा र डोरिन्द्रराजको जीवन यात्रा

कामप्रति समर्पणभावले सफलता, बीमा र डोरिन्द्रराजको जीवन यात्रा

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • कामप्रति समर्पणभावले सफलता, बीमा र डोरिन्द्रराजको जीवन यात्रा
    images
    images

    कामप्रति समर्पणभाव, अथक मेहनत र लगनशीलताको परिणाम सधैं उज्यालो हुन्छ । यस्तै एउटा प्रेरणादायी नाम हो–युनाइटेड अजोड इन्स्योरेन्सका निमित्त कार्यकारी प्रमुख डोरिन्द्रराज दाहाल (दिनेश) ।

    करिब तीन दशक अघिबाट भारतको नेशनल इन्स्योरेन्सबाट सुरु भएको दाहालको बीमा यात्रामा अनेकौं चुनौतीहरुलाई आत्मासात गर्दै उनले बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । 

    तीन दशकको अथक मेहनतमार्फत दाहाल केही दिनअघि मात्रै अजोड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखको जिम्मेबारीमा पुगेका छन् ।

    युनाइटेड अजोड इन्स्योरेन्ससँग जोडिएर काम गरेको ६ वर्षमै उनले कम्पनीको बजार प्रमुखबाट निमित्त कार्यकारी प्रमुखको पदसम्मको यात्रा तय गरेका हुन् । 

    किशोर अवस्थामै भारतको नेशनल इन्स्योरेन्सबाट सुरु भएको दाहालको बीमा यात्रा निमित्त कार्यकारी प्रमुखसम्म आइपुग्दा सहज भने देखिएको छैन ।

    सुनसरीमा जन्मिएका दाहालले स्कुले जीवन मोरङमा बिताए । दाहाल विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरिरहँदा १९ वर्षका मात्रै थिए । सोही समयमा दाहालले बीमा क्षेत्रमा पाइला टेक्ने निर्णय गरे र उनले बीमा क्षेत्रको यात्रा भारतको नेशनल इन्स्योरेन्सबाट सुरु गरे ।

    बीमा क्षेत्रमा निर्जीवन बीमा कम्पनीबाट जागिरे जीवन सुरु गरेका दाहालले साथीभाइसँगको रमाइलो र पारिवारिक माया छाडेर जागिका लागि बीरगञ्ज पुगे । किशोरावस्थामै जागिर सुरू गरेपछि बीरगञ्जमा कलेज पढ्दै काम गर्नुपर्दा निकै संघर्ष गर्नुपरेको दाहाल सम्झिन्छन् । 

    उनी भन्छन्,‘घरपरिवार छाडेर बीरगञ्ज आइपुगेको थिएँ । त्यो बेला भर्खरै कम्प्युटर भित्रिएका थिए । टाइपराइटरको ‘ज्ञान’ नहुँदा सुरुवाती दिनहरुमा बिहान ७ बजे अफिस गएर अफिसमै मैंले दिनको तीन घण्टा टाइप सिकेँ । खासमा बीरगञ्जमा काम गर्न मन थिएन, विराटनगरमा रमाइलो गरेर बसेको थिएँ,’दाहाल थप्छन्,‘तर, समय र परिस्थितिले मलाई बीरगञ्ज पु¥यायो । त्यहाँ काम गर्दै साथीभाइहरूसँगको सम्बन्धले बीरगञ्जलाई मेरो दोस्रो घर बनाइदियो ।’

    अथक परिश्रमको फल

    करिब ४५ सय रुपैयाँ तलबबाट आफ्नो जागिरे जीवनको सुरुवात गरेका दाहालको समर्पणले छोटो समयमै कम्पनी र ग्राहकहरूको विश्वास जित्न सफल भयो ।  उनले एक वर्षको समयमै बीमा कम्पनीको एउटा डिपार्टमेन्टको जिम्मा पाए । यस्तो उपलब्धि उनको मेहेनत र लगनशीलताको परिणाम थियो ।

    united ajod ceo.png 

    ‘कामप्रति समर्पणभाव भयो भने सफल भइन्छ र यसको मूल्याङ्कन पनि समयले गर्छ,’दाहाल भन्छन् । तर, नयाँ पुस्तामा यस्तो समर्पणभाव र धैर्यको कमी देखिएको छ । ‘अहिलेको पुस्तामा एक–दुई वर्षमै ठूला उपलब्धिको अपेक्षा गर्ने र तुरुन्तै जागिर परिवर्तन गर्ने प्रवृत्ति बढ्दो छ । तर, सफल हुन धैर्य, प्रतिबद्धता, र त्याग अपरिहार्य छ ।’

    निर्जीवन बीमाको गहिराइ
    बीमा क्षेत्र खासगरी दुई प्रकारमा विभाजित हुन्छ—जीवन बीमा र निर्जीवन बीमा । दाहालले निर्जीवन बीमाको क्षेत्रमा आफ्नो करियर निर्माण गरेका छन् । 

    निर्जीवन बीमाले मोटर, प्रोपर्टी, मरीन, इञ्जिनियरिङजस्ता बीमाको क्षतिपूर्ति दिन्छ । ‘निर्जीवन बीमामा अथाह सम्भावना छ,’ दाहाल भन्छन्। ‘ग्राहकलाई कन्भिन्स गरेर, वचन दिएको कुरा पूरा गर्नु नै बीमाको मूल तत्व हो, यो विश्वासकै व्यवसाय हो ।’

    संघर्ष र अवसर

    बीमा क्षेत्रमा अवसर र चुनौती दुवै रहेको दाहालले बताउँछन् । नेपालको वर्तमान आर्थिक समस्याले बीमा र बैंक क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ । तर, यस क्षेत्रको भविष्य अझै उज्ज्वल छ । ‘बैंक र बीमाको सम्बन्ध नङ र मासुको जस्तो हो । 

    सहकार्य नै यसको आधार हो,’उनी भन्छन । ग्राहकको दाबी फर्स्योट गर्न सजिलो नहुने तर प्रमाणले पुष्टि हुने दाबीलाई समयमै समाधान गर्नुपर्ने उनको धारणा छ । ‘बीमा भनेको सेतो कागजमा कालो अक्षररूपी विश्वास बेच्ने व्यवसाय हो,’उनी बताउँछन् । 

    नयाँ पुस्तालाई सन्देश

    दाहालको जीवनले नयाँ पुस्ताका युवाहरूलाई एउटा सन्देश दिन्छ—धैर्य, समर्पण, र मेहनत नै सफलता प्राप्त गर्ने आधार हो । ‘हामीले आफ्नो जीवनमा कति संघर्ष ग¥यौँ, कति धूप र पानी सह्यौँ । अहिलेका युवाहरूले यो कुरा बुझ्न आवश्यक छ,’ उनले भने ।

    जागिरको सुरुवाती दिनमा उनले १२–१४ घण्टा खटेर काम गर्ने बानी बनाएका थिए । ‘सानो कुरामा चित्त बुझेन भनेर आफ्नो भावना मिलेको संस्थालाई फ्याट्टै छाडेर हिँड्नु हुँदैन भन्ने मान्यता राख्ने दाहाल एउटै संस्थामा बीस वर्ष बस्नुपर्छ भन्ने आशय पनि राख्दैनन् । सोही बुझाईपछि दाहाल जेसीजको अध्यक्ष र लायन्सको चार्टर प्रेसिडेन्ट बने ।

    स्पीच कन्टेस्टमा जेसिजमा नेपालभरबाट प्रथम भएको सुनाउँछन् । उनी भन्छन्,‘ग्राहकलाई म कन्भिन्स गर्न सक्छु र वचन दिएको कुरा ९९ प्रतिशत पूरा गर्छु ।’ जीवनलाई सन्तुलन राख्दै, परिवार र करियरलाई सँगसँगै अगाडि बढाउने कलामा दाहाल पोख्त छन । 

    अध्यात्म र जीवनप्रतिको दृष्टिकोण

    दाहालका लागि काम मात्र सबैथोक होइन । अध्यात्मप्रतिको रुचिले उनलाई सन्तुष्टि र शान्ति दिएको छ । ‘भौतिक चाहना अनन्त हुन्छ तर, अध्यात्मले जीवनलाई सन्तुलनमा राख्छ,’उनी भन्छन् । 

    उनी नेपाली चलचित्रहरू हेर्न रुचाउँछन् र सधैं परिवारसँग समय बिताउन अग्रसर रहन्छन् । ‘काम गर्न गाह्रो भएपनि असम्भव केही छैन,’ दाहाल भन्छन् । ‘सन्तुष्टि भनेको पूर्ण हुँदैन । तर, जीवन चलाउन सक्ने सीप छ भने सुखी भइन्छ,’ उनले भने । 

    युनाइनेड अजोड इन्स्योरेन्समा प्रवेश

    दाहाल बीरगञ्जबाट काठमाडौँ आइसकेका थिए । नेशनल इन्स्योरेन्समा क्वालिटी सेवा दिएकै कारण एभरेस्ट, प्रीमीयर हुँदै युनाइटेड अजोड इन्स्योरेन्समा प्रवेश गरेको बताउँछन् । पुरानो कम्पनीमा प्रवेश गरेर स्थापित भइसकेपछि मान्छे अल्छे हुने भएकाले नयाँ कम्पनीमा प्रवेश गरी पुनः उनलाई संघर्ष गर्न रूचि थियो ।

    त्यसैले पनि दाहालले नयाँ कम्पनी युनाइटेड अजोडमा प्रवेश गरेको सुनाए । तथापी, जति कम्पनीमा गए, त्यति नै कम्पनी र ग्राहकको विश्वास बटुल्दै आएको उनी बताउँछन् । अजोड इन्स्योरेन्समा सिधै बजार प्रमुखको रूपमा प्रवेश गरेका उनले पछिल्लो समय बीमा क्षेत्रमा चुनौती र अवसर दुवै रहेको सुनाए ।
    ‘चुनौती त छ, चुनौतीलाई सामना गर्न सदैव तयार हुनुपर्छ । गा¥हो भएपनि असम्भव भन्ने कुरा छैन,’ उनी भन्छन्, ‘बीमाको सेक्टरमा मात्रै होइन देशमै अर्थतन्त्रको समस्या भइरहेको छ । खासगरी इन्स्योरेन्स र बैँक भनेको नङ र मासुको सम्बन्ध हुन्छ ।

     त्यसैले बैँकसँग सहकार्य गर्नुको विकल्प नै छैन ।’ जेन्यून क्लेम समयमै फर्स्यौट गर्न कुनै समस्या नहुने उनले बताए । यदी ग्राहकले विश्वास नगरेको भए लगभग तीन दशक एउटै सेक्टरमा बिताउन कसरी सक्नु ?’ उनले प्रतिप्रश्न गरे ।
    बीमामा नयाँ सम्भावना

    दाहालको दृष्टिकोणमा बीमा क्षेत्रले ठूलो सम्भावना बोकेको छ । तर, नेपालजस्तो मुलुकमा बीमाको महत्व अझै पूर्ण रूपमा बुझाउन सकिएको छैन । ‘बीमाको माध्यमबाट जीवनलाई सुरक्षित बनाउन सकिन्छ । यो क्षेत्रमा इच्छुक र लगनशील व्यक्तिका लागि अपार अवसर छ,’ उनी भन्छन् । 

    प्रेरणा स्रोत

    दृढता, लगनशीलता, र नैतिकताको बाटो समातेमा कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ । दाहाल कामप्रति समर्पण, संघर्षको सामना गर्ने आँट र विश्वासको महत्त्वलाई प्रतिनिधित्व गर्छन् । तीन दशकदेखि एउटै क्षेत्रमा टिकेर, विभिन्न कम्पनीहरूमा आफ्नो सेवा दिँदै, ग्राहक र कम्पनीको विश्वास जित्न सफल हुनु आफैंमा एउटा उपलब्धि हो । 

    ‘कामप्रति समर्पणभाव भयो भने सफल भइन्छ र यसको मूल्याङ्कन पनि समयले गर्छ,’ दाहाल भन्छन् । तर, नयाँ पुस्तामा यस्तो समर्पणभाव र धैर्यको कमी देखिएको छ ।

    डोरिन्द्रराज दाहाल (दिनेश) युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका  निमित्त कार्यकारी प्रमुख हुन् उनको जीवनले सन्देश छ –‘कर्म गर्नेको हात भगवानले चुम्छन् ।’

    (नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा आधारित)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार