images
images

पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘पोखरा सडक महोत्सव’, गाडी लिएरै घुम्न आउँछन् भारतीय पर्यटक

पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘पोखरा सडक महोत्सव’, गाडी लिएरै घुम्न आउँछन् भारतीय पर्यटक

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘पोखरा सडक महोत्सव’, गाडी लिएरै घुम्न आउँछन् भारतीय पर्यटक

    पोखरा / पर्यटकीय सहर पोखरामा आजभन्दा २५ बर्षअघि सुरु भएको ‘पोखरा सडक महोत्सव’ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी विदेशी पाहुना रोक्न सुरु भएको यो महोत्सव अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । 

    images
    images

    रेस्टुरेन्ट तथा बार एसोसियसन (रेबान)ले आयोजना गर्दै आएको यो महोत्सवलाई २५ बर्ष पुगेको अवसरमा यस बर्ष रजत जयन्तीको रूपमा मनाइँदैछ । पुस १२ गतेबाट सुरु भएको महोत्सव पुस १६ गतेसम्म चल्नेछ । करिब ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको पोखरा सडक महोत्सव विदेशीलाई नेपाल चिनाउने एक ‘इभेन्ट’को रूपमा चिनिन थालेको छ । 

    बिहीबारदेखि सुरु भएको महोत्सवमा थारु, मगर, किराँत, नेवारीलगायत जातजाति तथा समुदायको परम्परागत भुषभुषासँगै विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको छ । 

    विभिन्न कला संस्कृतिका झाँकी, भेषभुषा, तथा बाजागाँजाले यतिबेला पोखरालाई उल्लासमय बनाइरहेको छ ।

    महोत्सवको पहिलो दिन पोखराका ५२ ओटा आमा समूहहरू, थारु, गुरुङ्, मगर, नेवारी नाचहरू प्रस्तुत गरिएको थियो । पहिलो दिन हिन्दु, बौद्ध, मुस्लिमलगायत विभिन्न धर्मालम्बीहरूले बाजागाजासहित प्रस्तुत गरेको झाँकीले छुट्टै रौनक थपेको थियो । 

    पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्र वरपरको सडक किनारामा विभिन्न जातजातीका खानाका परिकार, भेषभुषा तथा संस्कृति झल्कने कपडालगायत देख्न सकिन्छ । महोत्सबमा नई संघदेखि विभिन्न पेशागत समूहहरू सहभागी छन् ।

    सडकमै घुम्ने, बस्ने, खाने र किनमेल गर्ने गरी २५ वर्षअघि सुरु भएको यो महोत्सवमा  सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, डुंगा दौड, वेटर रेस, टग अफ वार, मोमो तथा ससेज खाने प्रतियोगितासहित पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिने अध्यक्ष नरेश भट्टराइले बताए । 

    रेबानका महासचिव विकास भट्टराईका अनुसार कुनै समय यो ३ महिना अफसिजनको समय थियो । कतिपय कामदारलाई विदा गरेर बस्नुपर्ने व्यसायीहरूको बाध्यता थियो तर, अहिले यस्ता विभिन्न कार्यक्रम महोत्सवले पर्यटकहरू आकर्षित गरेको छ । 

    पछिल्लो समय पोखरा विभिन्न साहसिक खेलहरूका कारण पनि पर्यटकहरू आकर्षित छन् । बन्जी जम्प, क्यानोनिन, जिपलाइन, प्याराग्लाइडिङ पर्यटकको रोजाइ हुने गरेको छ । यस्तै मुक्तिनाथ पुग्ने प्रमुख गेट भएकोले पनि पोखरामा पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ । 

    महासचिव भट्टराईका अनुसार पर्यटन व्यवसायीका लागि कुनैबेला ‘अफ सिजन’ हुने यो याममा अहिले होटलहरू भरिभराउ हुन्छन् । लेकसाइड दुलहीझैं सिंगारिएको छ । आन्तरिक पर्यटकहरूसमेत उल्लेखनीय बढीरहेको यो समयमा भारतीय पर्यटकहरू सिधैँ गाडी लिएर यहाँ आइपुग्छन् । 

    सोही अवसरमा उनले फेवातालको सिमाङ्कनदेखि फोहोर व्यवस्थापन, बासोबासको मापदण्ड समेत निष्पक्ष ढङ्गले हुनुपर्ने बताए । 
    अफसिजनलाई पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ । 

    परिवारसहित आउनेमा आधार पर्यटकहरू भारतीय हुने गरेको उनले बताए । ‘एडभेन्चर टुरिजम’ बन्दै गएको पोखराको पर्यटन क्षेत्रलाई कोभिडपछि आर्थिक मन्दीले पनि असर गरिरहेको महोत्सवका संयोजक विश्वराज पौडेलले बताए । यद्यपि, पर्यटक क्षेत्र विस्तारै बढ्दै गएको उनको भनाइ छ । ताल तलैया, धर्मिक गेटवे, सफा सुन्दर भएको कारण पर्यटकहरू पोखरामा आकर्षित हुने गरेको पौडेल बताउँछन् । 

    पोखराको समृद्धि र विकासका लागि रेवानले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । 

    यस्तै, प्रमुख अथिति मेयर धनराज आचार्यले पोखरालाई साँच्चैको समृद्ध बनाउन लागि परेको बताए । उनले यस्ता सडक महोत्सव तथा कार्यक्रमहरूले अझै पर्यटन क्षेत्रलाई प्रवर्द्धन थप बल पुग्ने बताए । सडकमै बिभिन्न परिकारका खाना तथा संस्कृतिको मनोरम दृश्य लिन सकिन्छ । 

    पोखरा पर्यटकको राजधानी रहेको बताउँदै गर्दै मेयर आचार्यले फेवातालको सिमाङ्कनका विषयदेखि फोहोर व्यवस्थापनसमेतको चर्चा गरे । 

    पोखरालाई पर्यटकिय नगरीको रूपमा विकास गर्न रेवानले महत्त्वपूर्ण काम गरेको भन्दै उनले धन्यवादसमेत ज्ञापन गरे । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार