images
images

राप्ती सोनारी ७ का खेलाडीलाई खेल सामाग्री हस्तान्तरण, यस्तो भन्छन् पालिका अध्यक्ष शाह

राप्ती सोनारी ७ का खेलाडीलाई खेल सामाग्री हस्तान्तरण, यस्तो भन्छन् पालिका अध्यक्ष शाह

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • राप्ती सोनारी ७ का खेलाडीलाई खेल सामाग्री हस्तान्तरण, यस्तो भन्छन् पालिका अध्यक्ष शाह
    images
    images

    बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ ।

    अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा उक्त खेल मैदानमा धारा संगै मोटर सहित पानी ट्यांकी जडान गरिएको छ । भने आजै उक्त धाराको समेत रिबन काटेर उद्धघाटन गरिएको छ।

    राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षासंगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलकुद सामाग्री बितरण गरिएको बताए । 

    उनले राप्ती सोनारी ७ मा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानलाई अत्यधुनिक बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

    सो अवसरमा बोल्दै राप्ती सोनारी ७ का अध्यक्ष थारुले खेल सामाग्रीको अभावमा खेल्दै आएका खेलाडीहरुलाई राजा खानले खेल सामाग्री र पोशाक दिईएपछि उत्साहित भएका हुन् ।
    सामाग्री हस्तान्तरण गर्दै राजा खानले शहिद स्वर्गिय दल बहादुर घर्तिमगर खेल मैदानमा नियमित अभ्यास गरिएका खेलाडीहरुलाई अभ्यास सहज गराउनका लागि कमल पुनलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

    टोल विकास समितिका अध्यक्ष समेत रहनु भएका खेलाडी कमल पुनले बजेट अभावका सम्भावना बोकेका धेरै खेलहरु प्रशिक्षण तथा खेल सामाग्रीहरु किन्न सकिएको छैन् ।  उनले भने, "राजा खान मार्फत खेलाडीहरुका लागि सामाग्री तथा आवश्यक ब्यवस्थापनमा पहल हुनेछ भन्ने विश्वास लिएका छौँ ।"

    news.jpg
      
    कार्यक्रममा बोल्दै स्मार्ट टोल विकास समितिका अध्यक्ष कालुराम थारुले खेल मैदानमा पानीको व्यवस्था भएको प्रति खुशि व्यक्त गर्दै खेलाडीका लागि मात्र नभई सडकमा यात्रा गर्ने यात्रीहरुका लागि समेत सहज हुने बताउँदै उनले भने, "राजा खानले राप्ती सोनारी ७ नं वडा लाई खेलकुदका माध्यमबाट चिनाउन सहज होस भन्ने उद्देश्यले ४० थान पोशाक,भलिबल ,फुटबल र ब्याटमिन्टन बितरण गरिएको हो ।"

    कार्यक्रममा ९५ बर्षिय अमृता घर्तिमगर, लाल बहादुर पुन,गुलसन हल्वाई, अधिकारकर्मी एंव नरैनापुर गाँउपालिकाका प्रेस सल्लाहकार आलम खान, वाईसीएलका केन्द्रीय सदस्क्ष् अरसद रंगरेज लगायतको सहभागिता रहेको थियो भने सहयोग गर्ने राजा खानलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार