images
images

लाभांश वितरणमा नेपाल टेलिकमको १० बर्षे इतिहास : कुन बर्ष कति बाड्यो लाभांश ?

लाभांश वितरणमा नेपाल टेलिकमको १० बर्षे इतिहास : कुन बर्ष कति बाड्यो लाभांश ?

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • लाभांश वितरणमा नेपाल टेलिकमको १० बर्षे इतिहास : कुन बर्ष कति बाड्यो लाभांश ?

    काठमाडौँ  / अहिले गत आर्थिक बर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत विभिन्न कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

    images
    images

    आर्थिक वर्ष सकिएको ६ महिनाभित्र (पुस मसान्तसम्म) वार्षिक साधारण सभा गर्नुपर्ने प्रावधान छ । जसमा कम्पनीहरूले आफूले कमाएको मुनाफा अनुसार लाभांश प्रदान गर्ने घोषणा गर्छन् । यी कम्पनीहरूले घोषणा गरेको लाभांश रकम भने नियामक निकायले स्वीकृत गरेपछि र सम्बन्धित कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीको पोल्टामा जानेछ । 

    सोहि प्रावधान अनुसार नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । यसबर्ष कम्पनीले गत बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ। गत आर्थिक बर्ष २०७८/७९ पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । 

    कुन बर्ष कति बाड्यो लाभांश ?

    लाभांश नगद लाभांश प्रतिशत बोनस सेयर प्रतिशत
    २०८०/८१ ४०
    २०७९/८० ४०
    २०७८/७९ २० २०
    २०७७/७८ ४०
    २०७६/७७ ४५
    २०७५/७६  ५५ 
    २०७४/७५  ५५
    २०७३/७४ ५१ 
    २०७२/७३  ५०
    २०७१/७२ ४७

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार