images
images

नेपाल टेलिकमद्वारा शेयरधनीलाई नगद लाभांश घोषणा

नेपाल टेलिकमद्वारा शेयरधनीलाई नगद लाभांश घोषणा

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • नेपाल टेलिकमद्वारा शेयरधनीलाई नगद लाभांश घोषणा

    काठमाडौँ / नेपाल टेलिकमले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ ।

    मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । टेलिकममा सरकारी स्वामित्व नै ९१.४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । 

    कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार