काठमाडौँ / सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
उक्त लाभांश पारितका लागि कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १३ गते बुक क्लोजको मितिसमेत तय गरेको छ । अर्थात् पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।