images
images

प्रभु हेलिकप्टरले सर्वसाधारमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

प्रभु हेलिकप्टरले सर्वसाधारमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • प्रभु हेलिकप्टरले सर्वसाधारमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
    images
    images

    काठमाडौँ / प्रभु हेलिकप्टर लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । 

    आज आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

    ६ करोड ६० लाख रुपैयाँ शेयर पूँजी बराबरको एक सय रुपैयाँ अंकित दरको ६ लाख ६० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ । 

    यस कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो । हाल यस कम्पनीले विश्वको प्रख्यात Airbus Company द्वारा निर्मित Airbus H125 र अमेरिका तथा अन्य विश्वमा अति विश्वसनीय कम्पनी Robinson Helicopter Company द्वारा निर्मित Robinson R66 जस्ता नयाँ ब्रान्डेड हेलिकप्टरहरु द्वारा गुणस्तरीय र सुरक्षित हवाई सेवा प्रदान गरिरहेको छ । 

    कोभिड–१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तिब्र गतिको माग भएकोले यस कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरुको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ  हेलिकप्टर सञ्चालनमा ल्याउने योजना राखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार