एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रा.लि.ले एक्सक्लुसिभ रिटेलर मिथिला अर्थमुभर्स बर्दिबाससमा सञ्चालनमा ल्याएको छ । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो । कम्पनीले सक्कली पार्ट्सहरूआफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरू मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।
एक कार्यक्रमकाबीच मिथिला अर्थमुभर्सको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका बिजनेस हेड रोशन कुमार श्रेष्ठ तथा कर्मचारीवर्ग, तथा बर्दिबासका स्थानीय ग्राहक मार्फत संयुक्त रूपमा गरेका हुन् ।
यसको शुरुवातसँगै अब बर्दिबासका ग्राहकहरूले मिथिला अर्थमुभर्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउनेछन् ।
कम्पनीले ग्राहकहरूको सहजताको लागि, ग्राहकहरूलाई नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरूआफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरू मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।
“जेसिबी मेशिनहरूलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर “JCB लाई JCB मात्र” भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सको शुरुवात हामीले गरेका हौँ र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौँ,” कम्पनीका प्रतिनिधिले भने ।