images
images

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्षस्थानमा

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्षस्थानमा

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • images
    images
    सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्षस्थानमा
    images
    images

    पोखरा सूर्य नेपाल गल्फ टुर २०२४ २५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिननिरज तामाङ दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन।

    images
    images

     
    पोखराको हिमालयन गल्फ कोर्समा ४–अन्डर ६५ कोस्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमाररोक्कालाई २ स्ट्रोकलेपछि पारेका हुन। 

    २–अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन।

     

    धन बहादुर थापा र सञ्जय लामाले १–अन्डर ६८ मा पहिलो दिनको खेल सकाए।

    उनीहरू संयुक्त रुपमा चौथो स्थानमा रहे। 

    रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूले आज इभन–पार ६९ मा खेल सकाए। 

    प्रदीप कुमार लामा र एमेच्योर सुन्दर राईले १–ओभर ७० मा खेल पुरा गर्दै संयुक्त रुपमा आठौं स्थानमा रहेका छन। 

    यस्तै, विष्णु प्रसादशर्मा र एमेच्योर सुरेश तामाङ १० औं स्थानमा रहे। उनीहरुले २–ओभर ७१ खेले।

    सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल ईस्टर्न ओपन जितेका निरजले पोखरामा पनि सुरूवात राम्रो गरे। 

    उनले बोगीरहित फ्रन्ट नाइन खेले। 

    तेस्रो र चौथो होलमा बर्डीप्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए। 

    यसपछि १५ औं होलमा एक सट खेर फाले पनि १०औं, १३ औं र १६ औंहोलको बर्डीले ब्याक नाइन २–अन्डर ३३ मा सकाए।


    धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १–अन्डर ३३ कोप्रदर्शन गरे। 

    दोस्रो र तेस्रो होलमा बर्डीको सफलतामासुरूवात राम्रो गरे। तर पाँचौं होलमा डबल बोगी खेप्दा सातौंहोलमा बोगीको सामना गरे। 

    यसपछि आठौं र नवौं होलमाएक(एक सट बचाए। ब्याक नाइन उनले १–अन्डर ३४ मासकाए। 

    १३औं देखि १५औं होलसम्म लगातार तीन बर्डीप्रहार गरे तर १०औं र १८औ होलमा एक–एक सट खेर फाले।

     

    भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन२-अन्डर ३२ मा सकाए। यसपछि ११औं होलमा डबल बोगीखेपे। १६औं र १७औं होलको बर्डीले ब्याक नाइन इभन/ पार ३५ मा पुरा गरे।

     

    एमेच्योरतर्फ सुन्दर राई १-ओभर ७० सहित शीर्ष स्थानमा रहेका छन्। उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे। सुरेशले पहिलो दिन २(ओभर ७१ स्कोर गरे।

     

    ५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन। प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ।  विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः१ लाख र ७२ हजार  प्राप्त गर्नेछन। शीर्ष २१ मा पर्नेगल्फरहरूले पनि नगद हात पार्नेछन।

     

    नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्यनेपाल प्रा।लि। द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलकोसमाप्तीमा कट लागु हुनेछ। शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार