images
images

कामना सेवा विकास बैंक र हातेमालो फाइनान्सबीच सम्झौता, ग्राहकलाई के–के छन् सुविधा ?

कामना सेवा विकास बैंक र हातेमालो फाइनान्सबीच सम्झौता, ग्राहकलाई के–के छन् सुविधा ?

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • कामना सेवा विकास बैंक र हातेमालो फाइनान्सबीच सम्झौता, ग्राहकलाई के–के छन् सुविधा ?

    काठमाडौँ / कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो  फाईनान्स सर्भिससँगको सम्झौतामा फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । 

    images
    images

    यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि–आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् । 

    उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

    काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । 

    साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार