images
images

वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन

वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन
    images
    images

    काठमाडौँ / ललितपुरको कुपण्डोलस्थित ‘द वेस्टमिन्स्टर कलेज’ले यूकेको दुई शैक्षिक पाठ्यक्रमहरू सञ्चालनमा ल्याएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रमहरू बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएको हो ।

    सूचना तथा प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्नको लागि वेस्टमिन्स्टरले सर्वसुलभ शुल्कमा उल्लेखित पाठ्यक्रमहरू सञ्चालनमा ल्याएको हो । प्रविधिको क्षेत्रमा नविनता र आविष्कार गर्नको लागि सक्षम जनशक्तिको निर्माण गरेर मुलुकको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य स्वरूप पाठ्यक्रमहरू सञ्चालनमा ल्याएको कलेजको भनाई छ । 

    वेस्टमिन्स्टर कलेजका प्रमुख अरूण लाल जोशीले यी पाठ्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने उत्साह व्यक्त गर्दै भने, “हामीले बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएर शिक्षा मात्रै प्रदान गरिरहेका छैनौँ, डिजिटल नेपालको भविष्यलाई समेत आकार दिइरहेका छौँ ।”

    कलेजले सम्भावित विद्यार्थी र उनीहरूको परिवारहरूलाई यी परिवर्तनकारी शैक्षिका कार्यक्रमहरूले डिजिटल युगमा फस्टाउँदो करिअरको लागि मार्ग प्रशस्त गर्ने प्रतिज्ञा गरेको छ । लण्डनस्थित वेस्टमिन्स्टर युनिभर्सिटी, क्यूएस वल्र्ड विश्वविद्यालय र्याङ्किङ्ग– २०२४ मा ७११–७२० मा परेर सिल्भर रेटिङ पाएको छ । 

    विद्यार्थीहरूको शैक्षिक अनुभव र विद्यार्थीहरूको नतिजाको आधारमा सिल्भर रेटिङ पाएको हो। यस विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरूले चार वर्षको डिग्री प्राप्त गर्छन्। त्यस्तै, उनीहरूले ई–लाइब्रेरी, ब्ल्याकबोर्ड प्लेटफर्मका साथै समृद्ध शैक्षिक अनुभवसम्मको पहुँच प्राप्त गर्छन् ।

    कम्प्युटर साइन्स विषय व्यापक ज्ञानसँग विद्यार्थीहरूलाई हरेक ढंगले तम्तयार पार्नको लागि डिजाइन गरिएको छ, यसमा कम्प्युटर साइन्सबारे बृहत ज्ञान, सफ्टवेरको विकास, आर्टिफिसियल इन्टिलिजेन्स, डेटा एनालिटिक्स लगायतका क्षेत्रहरू समेटिएका छन् । यो पाठ्यक्रम विश्वव्यापी उद्योगका आवश्यकताहरू पूरा गर्न र प्राविधिक क्षेत्रका विविध भूमिकाका लागि विद्यार्थीहरू तयार पार्न सक्षम छ ।

    त्यस्तै, कलेजले प्रदान गरेको अर्को विषय साइबर सेक्युरिटी एण्ड फोरेन्सिक कार्यक्रम साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको महत्त्वपूर्ण पक्षहरूमा केन्द्रित रहेको छ । यो विषयले डिजिटल एसेस्ट्सहरूको सुरक्षा गर्ने र साइबर अपराधहरूको अनुसन्धान गर्ने जनशक्तिहरूको उत्पादन गर्ने लक्ष्य राखेको छ । विश्वव्यापी रूपमा साइबरसुरक्षा विज्ञहरूको बढ्दो मागलाई पुरा गर्नको लागि यस विषय महत्वपूर्ण छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार