images
images

माल्टामा सञ्चालन हुने घुम्ती शिविर किन भयो स्थगित ?

माल्टामा सञ्चालन हुने घुम्ती शिविर किन भयो स्थगित ?

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • माल्टामा सञ्चालन हुने घुम्ती शिविर किन भयो स्थगित ?
    images
    images

    लिस्बन / माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै  माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

    माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो ।  यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियो । 

    प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी  सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले  जानकारी दिए । 

    राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार