images
images

राष्ट्र बैङ्कद्वारा जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा केके छन् व्यवस्था ?

राष्ट्र बैङ्कद्वारा जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा केके छन् व्यवस्था ?

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • राष्ट्र बैङ्कद्वारा जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा केके छन् व्यवस्था ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० जारी गरेको छ । केन्द्रीय बैङ्कले सोमबार जारी गरेको उक्त निर्देशन भुक्तानी प्रणाली विभागबाट २०७९ माघ १६ जारी र सो पश्चान जारी निर्देश/परिपत्र समेत समावेश गरी परिमार्जन गरिएको हो । 

    images
    images

    उक्त निर्देशनमा विद्युतीय भुक्तानी कार्ड, दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा भुक्तानी सेवा, विद्युतीय भुक्तानी प्रणालीको सञ्चालन तथा सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । 

    त्यस्तै, इ-मनी (वालेट) सेटलमेन्टसम्बन्धी व्यवस्था, विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा तथा शुल्कसम्बन्धी व्यवस्था, वार्षिक वित्तीय विवरण सार्वजनिक र प्रकाशन गर्नुपुर्व स्वीकृति लिनेसम्बन्धी व्यवस्था, आरटिजिएस सिस्टम सञ्चालनसम्बन्धी व्यवस्था, शाखारहित बैङ्किङ्ग सेवा तथा आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था गरिएको छ । 

    यसैगरी, तथ्याङ्क विवरणसम्बन्धी, संस्थागत सुशासनसम्बन्धी, जोखिम व्यवस्थापनसम्बन्धी, ग्राहक हित संरक्षणसम्बन्धी, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी, भुक्तानी प्रणालीको अन्तरआवद्धता  तथा पहुँच सम्बन्धी व्यवस्था र विविध व्यवस्था सम्बन्धमा विभिन्न व्यवस्था गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार