images
images

आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १५ गते, बुक क्लोज कहिले ?

आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १५ गते, बुक क्लोज कहिले ?

बुधवार, कार्तिक २९ २०८०
बुधवार, कार्तिक २९ २०८०
  • आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १५ गते, बुक क्लोज कहिले ?
    images
    images

    काठमाडौं / आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा मंसिर १५ गते गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १५ गते निर्णय गरेको हो ।

    सभाले ८ दशमलव ६० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सोही सभाले बोनश शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको संस्थापक तथा सर्वसाधारणसभा शेयरधनीको शेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ ।


    साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ७ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा मंसिर ६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार