images
images

शनिबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस् राशिफल

शनिबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस् राशिफल

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • शनिबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस् राशिफल
    images
    images

    आज विक्रम संवत २०८१ साल माघ १९, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी १ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । २०८१ माघ १९ गते, शनिवार, १ फेब्रुवरी २०२५। माघ शुक्लपक्ष तृतीया तिथि, १४ः१९ बजेपछि चतुर्थी। शतभिषा नक्षत्र, ६ः५५ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ। राशिफल अनुसार तपाईँको आजको दिन कस्तो रहला ? 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    डुबेको धन उठाउने समय छ । आर्थिक पक्ष सामान्य रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनेछ । आयआर्जनका स्रोत बढ्नेछ। साझेदारीमा गरिएको व्यापारमा फाइदा हुनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    उद्योग व्यापारमा नयाँ योजनाहरूलाई कार्यान्वयन गर्ने उपयुक्त समय रहेको छ। सहजै लक्ष्य प्राप्त गर्न सकिनेछ । भविष्यका लागि फाइदा हुने काम गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। नोकरी तथा व्यवसायमा फाइदा होला। इच्छाएको विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    गरिएको कामबाट अपेक्षित लाभ प्राप्त हुनेछ । व्यक्तिगत काममा भागदौड गर्नुपर्ला र धैर्य गरेर काम गरेमा सफलता मिल्ने योग छ । मेहनत गर्नु परे पनि राम्रै फाइदा लिन सकिनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । यद्यपि, उपलब्धिका लागि भने केही समय पर्खनुहोस् । काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछ । आफ्नो योजनाहरू गोप्य राख्नुहोला । अपेक्षित नतिजाका लागि दोहोर्याएर काम गर्नुपर्ला । अवसर प्राप्त भए पनि काममा केही चुनौतीहरू देखिनेछन् । यद्यपि, पहिलेको सफलताले हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ। लगानी र श्रम गर्नु परे पनि उपलब्धि प्राप्त हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार व्यवसायमा लाभ मिल्नेछ । गरिआएको कार्यमा परिपक्कता देखिनेछ । आफ्नै लापरवाहीले गर्दा गरिआएको काममा हानि हुने सम्भावना छ। श्रम परे पनि गरेको काममा अपेक्षित लाभ मिल्नेछ । विभिन्न सहयोग र उपहार पाइनेछ।  कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मनोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मेहनतीहरूका लागि समय उत्साहजनक छ । पराक्रमद्वारा कार्य सम्पन्न गर्न सकिनेछ । मिडियाको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। स्रोतसाधन जुट्नाले समय उत्साहजनक रहनेछ। रोकिएका काम बन्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    भौतिक सुख सुविधामा धनखर्च हुने योग छ। घर–व्यवहारको काममा अल्झिनुपर्ला । नयाँ काम सुरु गर्न केही समय पर्खनुपर्ला। मिहिनेतले सफलता दिलाउनेछ। मान्यजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक समस्याहरूको सामना गर्नुपर्ला । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    पुराना रोकिएका काम सम्पादन हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। हतारमा निर्णय लिदा समस्यामा परिनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरुको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। साझेदारीमा गरिएको व्यवसायमा सम्झौता भंग हुनेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कार्यक्षेत्रमा आफ्नो क्षमता पहिचान गर्नुहोला । नोकरी वा पेशामा शत्रु परास्त हुनेछन्। हिम्मतले काम लिने समय छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन हुनसक्छ। छोटो समयमा गरिएको काममा सफलता मिल्नेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार व्यवसायमा धैर्य एवं लगनशीलताले उपलब्धि प्राप्त हुनेछ।  नयाँ कार्यतर्फ अग्रसर हुनुहोला। अरुका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् । नियमलाई बेवास्ता गर्दा समस्यामा परिनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। अवसर आए पनि काममा पछि परिएला। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा सुधार ल्याउन सक्छ। रचनात्मक काममा प्रवृत्त भइएला। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    जग्गा जमिनको कारोबारमा लाभ मिल्नेछ । ठूलो योजना पूरा गर्न खर्च लागे पनि दिगो फाइदा हुने काम सम्पन्न हुनेछ । खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। छर–छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। उधारोमा व्यापार गर्नुपर्ने समय छ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार