images
images

कामना सेवा विकास बैङ्कको १७ औँ वार्षिकोत्सव : सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैङ्कको १७ औँ वार्षिकोत्सव : सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • कामना सेवा विकास बैङ्कको १७ औँ वार्षिकोत्सव : सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने अवसरमा आयोजित सप्ताहव्यापी १७ कार्यक्रमहरू सम्पन्न भएको छ । बैङ्कले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा गत शुक्रबारदेखि विभिन्न ठाउँहरूमा १७ वटा कार्यक्रम सम्पन्न गरेको हो ।

    images
    images

    सो कार्यक्रमहरू अन्तर्गत बुधवार बैङ्कले कावासोतीमा डिजिटल मेला सम्पन्न गरेको छ । उक्त डिजिटल मेलामा बैङ्कले कावासोती वजारमा रहेका विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीहरूलाई क्युआर कोड हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा ४२ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरिएको थियो भने १० वटा नयाँ क्युआर रजिष्ट्रेशन गरिएको थियो । 

    वार्षिकोत्सवकै अवसरमा बैङ्कले आफ्नो सामाजिक उत्तरनवलपुरको सकलादेवी मा.विमा ‘समावेशी बैङ्किङ शिक्षाः आजको आवश्यकता’ विषयक अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

    नवलपुरको देवचुली नगरपालिका भित्र रहेका विद्यालय स्तरीय उक्त वक्तृत्वकला प्रतियोगिता कार्यक्रम देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेको प्रमुुख आतित्यथामा सम्पन्न भएको थियो । माध्यमिक तह अन्तर्गत नेपाल मा.विका छात्र सौर्य पौडेल प्रथम भएका थिए भने  आधारभुत तह अन्तर्गत सकला मा.विका छात्रा आकृति चापागाई प्रथम भएकी थिइन् । 

    बैङ्कले आफ्नो वार्षिकोत्सव सप्ताहका कार्यक्रमहरू अन्तर्गत विहीवार रोल्पा होलेरीको महेन्द्र मा.वि. अध्ययनरत ५ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक झोला हस्तान्तरण गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक वेद वेदान्त सुर्यवंशीलाई बैङ्कका पश्चिम क्षेत्रका क्षेत्रीय प्रवन्धक सुरेन्द्र भण्डारीले उक्त शैक्षिक झोलाहरू हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा वोल्दै प्रधानाध्यापक सुर्यवंशीले बैङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शैक्षिक झोला प्रदान गरेर विद्यार्थीहरूलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । 

    News kamana.jpg

    बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विहीवार भैरहवा स्थित सस्कृत विद्याश्रमलाई सोफा तथा टेवल हस्तान्तरण गरेको छ । उक्त विद्याश्रमका पिठाधिस श्री १००८ श्वामी शान्ताराम सरस्वतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बैङ्कका सञ्चालक भिम प्रसाद तुलाचनले विद्याश्रमका अध्यक्ष तथा समाजसेवी डि.आर शर्मालाई उक्त सोफा तथा टेवल हस्तान्तरण गरेका थिए । 

    उक्त हस्तान्तरण कार्यक्रममा बैङ्कका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुषाललगायत अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो । हाल बैङ्कले आफ्ना १३५ सञ्जाल, ७७ वटा एटिएम वुथ तथा १७ वटा शाखारहित बैङ्किङ केन्द्र मार्फत् आफ्ना सेवाहरू प्रदान गरिरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार