images
images

कामना सेवाको १७ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर र पैदलयात्रा कार्यक्रम सम्पन्न

कामना सेवाको १७ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर र पैदलयात्रा कार्यक्रम सम्पन्न

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • कामना सेवाको १७ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर र पैदलयात्रा कार्यक्रम सम्पन्न

    काठमाडौँ / कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । 

    images
    images

    बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । मनकामना अस्पताल, भरतपुरको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा १८५ जना व्यक्तिहरुले स्वास्थ्य परिक्षण गरेका छन् । 

    अस्पतालका वरिष्ठ फिजिसियन उत्सव अधिकारी समेतको स्वास्थ्य टोलीले उक्त कार्यक्रममा स्वास्थ्य परिक्षण गरेको बैंकले जनाएको छ । बैंकको वार्षिकोत्सवका कार्यक्रमहरु अन्तर्गत बैंकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुको पैदलयात्रा कार्यक्रम सम्पन्न गरेको छ । 

    उक्त पैदलयात्रा कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर देखी मैतीदेवी मन्दीर, डिल्लीबजार, पुतलीसडक, हात्तीसार, नक्साल, नारायणचौर, नक्साल भगवती मन्दीर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालय सम्म भएको थियो । उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको वाक्लो उपस्थिती रहेको थियो । 
     
    बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार