images
images

सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

    काठमाडौँ / नेपालीहरूको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । 

    images
    images

    योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    साथै ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् एकहजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सकिने  कम्पनीले जनाएको छ ।

    योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने र छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने बताइएकाे छ । 

    यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी (इएमआइ) सुविधा पनि प्राप्त गर्न सकिने छ । यो योजना २०८० आश्विन १७ देखि २०८० आश्विन ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार