images
images

कामना सेवा विकास बैंकका लगानीकर्ताहरूको यस बर्ष हात खाली रहने

कामना सेवा विकास बैंकका लगानीकर्ताहरूको यस बर्ष हात खाली रहने

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • कामना सेवा विकास बैंकका लगानीकर्ताहरूको यस बर्ष हात खाली रहने

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडका लगानीकर्ताहरूले यस बर्ष लाभांश नपाउने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०सम्मको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेसँगै लगानीकर्ताहरूको हात खाली हुने भएको हो ।

    images
    images

    कार्तिक २१ गते मङ्गबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरूमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    साथै बैठकले गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहितको वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णयसमेत गरेको छ । 

    राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेस गर्ने बैंकको निर्णय छ । 

    अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत वर्ष बैंकले ४.४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार