images
images

भारतद्वारा नेपाल सरकारलाई १० करोड भारु बारबरको भूकम्प राहत सामग्री हस्तान्तरण

भारतद्वारा नेपाल सरकारलाई १० करोड भारु बारबरको भूकम्प राहत सामग्री हस्तान्तरण

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • भारतद्वारा नेपाल सरकारलाई १० करोड भारु बारबरको भूकम्प राहत सामग्री हस्तान्तरण

    जाजरकोटमा यहि कार्तिक १७ गते गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप आज  आइतबार १० करोड भारतिय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री पहिलो खेपमा नेपालगञ्ज ल्याइपुर्याइएको छ ।

    images
    images

    भारतीय वायसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । 

    यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् । 

    india -bhukampa.JPG

    भारत सरकारकोतर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णालीका माननीय मुख्यमन्त्री राज कुमार शर्माको उपस्थितिमा नेपालका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्कालाई हस्तान्तरण गरे । 

    आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा राखेको छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाएको छ । 

    छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडी रहेको विज्ञप्तिमा भनिएको छ । 

    india -bhukampa 3.JPG

    २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुूलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको थियो । 

    भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार