images
images

लुम्बिनी विकास बैंकद्धारा चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण

लुम्बिनी विकास बैंकद्धारा चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • लुम्बिनी विकास बैंकद्धारा चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण

    काठमाडौँ / लुम्बिनी विकास बैँक लिमिटेड, देविघाट शाखाले श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई १ थान प्रिन्टर हस्तान्तरण गरेको छ ।

    images
    images

    बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा अवस्थित श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई प्रिन्टर हस्तान्तरण गरेको हो । 

    सो प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैँकको तर्फबाट देविघाट शाखाका प्रमुख रमेश कुमार नेपाल, बट्टार शाखाका प्रमुख बिश्वम्भरमान सिंह डंगोल, ढिकुरे शाखाका प्रमुख सुर्य कुमार पण्डित र विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल र विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुको पनि उपस्थिती रहेको थियो ।

    देविघाट शाखाका प्रमुख रमेश कुमार नेपालले बैंकको वर्तमान अबस्था तथा भावि योजना हरु बारे धारणा व्यक्त गरेका थिए भने उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुले बैँकलाई उक्त प्रिन्टर सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार